/ Dhulikhel


PLACES NEARBY: | Chandeswari | Panauti | Nala Bhagwati |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        1 h 30 minutes (30 kms)

Bus                1 h 30 minutes (30 kms)


Dhulikhel Hill Station is located in Kavre district, near Kathmandu. Dhulikhel, which is connected to the Banepa - Bardibas road, is famous for its greenery, Milky white mountains, Newar lifestyle and religious heritage. Mountains like Annapurna, Manaslu, Ganesh, Langtang, Dorje Lakpa, Gauri Shankar, Numbur to Sagarmatha can be viewed from Dhulikhel.

Dhulikhel is home to the temples of Shesh Narayan, Bhagawati and Gaukhudeshwar Mahadev. There is also a huge statue of Shakyamuni Buddha which can be reached walking up a thousand stairs.

Dhulikhel is a beautiful, quiet and picturesque inhabited by various castes including Newar, Tamang, Brahmin, Dalit. Most people visit for a quiet romantic getaway, on a seminar or conference, or just a weekend stay.

The boundary of China from Dhulikhel is 85 km away. Dhulikhel area has tourist points of interest such as Gosaithan, Chandeshwari Devi, Nala Bhagwati, Panauti, Nagarkot, Dapcha, Namo Buddha, Timal, Bethanchowk and Palanchowk Bhagwati Temple.

Timal hill, 30 km from Dhulikhel, is a holy place. People organise fair during Janai Purnima on the hilltop (2,000 m). The shamans gathered here for the festival from the different surrounding villages.

There is a cave where Guru Rinpoche (Guru Padmasambhava) meditated.

Near Dhulikhel Bazar, Gosaithan is associated with Lord Shiva. He is believed to have set foot here when he went to Gosaikund in Rasuwa. Moreover, a lake and a temple lie in the Dhulikhel Gosaithan jungle area.

Panauti is an ancient Newar civilisation which can be hiked to from Namo Buddha. There are temples and monuments of archeological importance in the area of Panauti. Similarly, through Dapcha Bazar Bhakundebesi can be reached.

The best time to visit Dhulikhel is from mid-September to mid-December.

 

How to reach

      By road: Kathmandu-Dhulikhel is 30 km, 1.5 hours by bus.

 

धुलिखेल

काठमाडौं नजिकै, काभ्रे जिल्लामा पर्ने धुलिखेल हिल स्टेशन हो । बनेपाबर्दिवास सडक खण्डसँग जोडिएको धुलिखेल हरिया डाँडापाखा, सेता हिमाल, नेवार जीवनशैली र धार्मिक सम्पदाका लाग प्रख्यात छ ।

यहाँबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, नुम्बुरदेखि सगरमाथा हिमालसम्मको लामो लर्कन देखिन्छ । नेवार बस्ती आकर्षक छ । गल्लीका दायाँबायाँ कलात्मक आँखीझ्याल भएका घर छन् । बस्तीमा शेषनारायण, भगवती र गौखुडेश्वर महादेवका मन्दिर छन् । त्यस्तै हजार सिंढीमा शाक्यमुनि बुद्धको विशाल मूर्ति छ ।

नेवार, तामाङ, बाहुन, दलित लगायत विभिन्न जातजाति मिलेर बसेको सुन्दर फूलबारी हो धुलिखेल । शितल, शान्त एवं रमणीय ठाउँ भएकाले वनभोज खानेहरू, हनिमुन मनाउनेहरू र गोष्ठी चलाउनेहरू धुलिखेल पुग्छन् ।

धुलिखेलबाट चीनको सीमा कोदारी ८५ कि.मि. दूरीमा छ । धुलिखेल सेरोफेरोमा गोसाईंथान, चण्डेश्वरी देवी, नाला भगवती, पनौती, नगरकोट, दाप्चा, नमोःबुद्ध, तिमाल, बेथानचोक, पलाञ्चोक भगवती मन्दिर लगायत गन्तव्य छन् ।

धुलिखेलबाट ३० कि.मि. दूरीको तिमाल डाँडा पावन भूमि हो । जनै पूर्णिमाका दिन डाँडा (२,००० मिटर) मा मेला लाग्छ । मेलामा झाँक्रीको भीड लाग्छ । तिमाल डाँडामा गुरु रिन्पोछे (पद्यसम्भव) ले तपस्या गरेको गुफा छ ।

धुलिखेल बजार नजिकैको गोसाईंथान हिन्दूका भगवान् शिवसँग सम्बन्धित छ । उनले रसुवाको गोसाईंकुण्ड जाने बेलामा यहाँ पाइला राखेको विश्वास गरिन्छ । जङ्गल क्षेत्रमा रहेको धुलिखेल गोसाईंथानमा कुण्ड र मन्दिर छ ।

पनौती प्राचीन नेवार बस्ती हो जहाँ त्रिवेणीमा छन् इन्द्रेश्वर महादेव । पनौती क्षेत्रमा पुरातात्विक महत्वका मन्दिर तथा गुम्बा छन् । धुलिखेलबाट नमोःबुद्ध हुँदै पनौतीसम्म पदयात्रा गर्न सकिन्छ । त्यसैगरी दाप्चाबजार हुँदै भकुण्डेबेसी झर्न पनि मिल्छ ।

धुलिखेल घुम्ने उत्तम समय असोजदेखि माघसम्म हो ।

कसरी पुग्नेः


काठमाडौंबाट धुलिखेलको दूरी ३० कि.मि. छ । बसमा डेढ घण्टामा पुग्न सकिन्छ ।
 


Gallery