/ Bhedetar


PLACES NEARBY: | Rajarani | Pathibhara | Jephale |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH


Car/Jeep        9 h 30 minutes (400 kms via Bardibas)

Bus                13 hours (550 kms via Mugling)

Airplane         35 minutes (to Biratnagar)

                       1 h 30 minutes (57 kms Biratnagar to Bhedetar by bus/car)


Located on the border of Sunsari and Dhankuta districts, Bhedetar (1,420 m) is pleasant throughout the year. Bhedetar, which has earned fame as a hill station has various places to explore. This includes linguist Iman Singh Chemjong’s Salik, Charles Tower, Simsuwa waterfall, Pathibhara temple, Namje village, etc.

In the 1930’s, when Dharan-Dhankuta road was being constructed; people used to walk all the way from Sankhuwasabha, Taplejung, Bhojpur and other districts with herds of sheep to Dharan. At that time, they used to keep the sheep in Bhedetar. Hence, the name.

On a sunny day, Kumbhakarna, Everest and Makalu mountains are visible from Bhedetar. Pathibhara Temple and Sangurigadhi is located about three km from the bazar. Similarly, there is a homestay facility in Magar community based Namje, four km from Bhedetar. The attraction here is the House of the Soul (Spirit). The collective tomb, built by an American architect by collecting stones from 213 tombs of the ancestors of the Magar community, is called ‘The House of the Soul’.

British Prince Charles visited Bhedetar in 1984. The hill he climbed is known as Charles Danda. Further, Simsuwa Waterfall lies on the Dhankuta Road. Canyoning can be done there. Bhedetar is a mixed-race settlement. There are about five dozen hotels and resorts.

Bhedetar can be visited all year round. The best time to visit is during summer (mid-March to mid-August).

 

How to reach

      By road: Kathmandu - Dharan 550 km via Mugling. Deluxe buses depart from Kathmandu which take 13 hours.

      By air: Kathmandu - Biratnagar 35 minutes flight. Biratnagar - Dharan is 40 km. Dharan - Bhedetar is 17 km.

      From Bhedetar to Dharan, board a bus to Dhankuta or Rajarani.


भेडेटार

भुइँकुहिरोसँग लुकामारी खेलिरहने गन्तव्य हो भेडेटार । सुनसरी र धनकुटा जिल्लाको सीमामा अवस्थित भेडेटार (१,४२० मि.) वर्षैभरि शीतल हुन्छ । हिलस्टेशनका रूपमा ख्याति कमाएको भेडेटारमा भाषाविद् इमानसिंह चेम्जोङको शालिक, शंखेश्वर महादेव, चाल्र्स टावर, सिम्सुवा (नमस्ते) झरना, पाथीभरा मन्दिर, नाम्जे गाउँ लगायत सम्पदा छन् ।

एक समय पूर्वका भेडा राख्ने जक्सन भएकाले यसलाई भेडेटार भनिएको । तीसको दशकमा धरानधनकुटा सडक खन्ने बेला संखुवासभा, ताप्लेजुङ, भोजपुर लगायत जिल्लाबाट हिँडाएर हुलका हुल भेडा धरानसम्म ल्याइन्थ्यो । तिनलाई भेडेटारमा राखिन्थ्यो । भेडा राख्ने टार भएकाले भेडेटार भन्न थालियो ।

आकाश उघ्रेका बेला भेडेटारबाट कुम्भकर्ण, सगरमाथा र मकालु हिमाल देखिन्छन् । बजारबाट तीन कि.मि.मा पाथीभरा मन्दिर र साँगुरीगढी छ । त्यस्तै भेडेटारबाट ४ कि.मि. दूरीको मगर गाउँ नाम्जेमा होमस्टे सुविधा छ । त्यहाँको आकर्षण आत्मा बस्ने घरहो । मगर समुदायका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुङ्गा बटुलेर अमेरिकी आर्किटेक्टले बनाएको सामूहिक चिहानलाई आत्मा बस्ने घरभनिन्छ ।

बेलायती युवराज चाल्र्सले सन् १९८४ मा भेडेटार भ्रमण गरेका थिए । उनी चढेको शैलुङ डाँडालाई चाल्र्सडाँडा भन्न थालियो । भेडेटार मुन्तिर धनकुटा रोडमा सिम्सुवा (नमस्ते) झरना छ । त्यहाँ क्यानोनिङ गराइन्छ ।

भेडेटारमा मिश्रित जातिको बसोबास छ । त्यहाँ पाँच दर्जन हाराहारीमा होटल तथा रिर्सोट छन् । विशेषतः बङ्गुरको कान, जिब्रो र तोङ्बाका लागि भेडेटार प्रख्यात छ ।

वषैभरि भेडेटार घुम्न सकिन्छ । चैतदेखि साउनसम्म गर्मी छल्न उत्तम समय हो ।

कसरी पुग्नेः

बस यात्राबाट काठमाडौंधरान ५५० कि.मि. छ । काठमाडौंबाट डिलक्स गाडी छुट्छन् । बसमा १३ घण्टा लाग्छ । अथवा काठमाडौंबाट ३५ मिनेट हवाई यात्रामा विराटनगर पुगिन्छ । विराटनगरबाट धरान ४० कि.मि. छ । धरानभेडेटार १७ कि.मि. । धरानबाट भेडेटार जान धनकुटा वा राजारानी जाने बस चढ्नुपर्छ । 


Gallery