/ Ruby Valley


PLACES NEARBY: | Ganesh Himal Base Camp |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Jeep          6 hours (132 kms via Trishuli to Syaphrubesi)
4 hours (50 kms to
Somdang)

Walk         Somdang to Rubby valley


The Ruby Valley trekking in Dhading district is a popular tourist destination. The valley glows in the light of the Ganesh Himal. Combining Tipling, Sertung and Lapa villages, Ruby Valley Rural Municipality was formed. The valley extends from 1530 m to 4340 m in height.

The Ruby valley circuit passes through Pangsang Bhanjyang (3850 m), Tipling village, Chalise village, Borang, Jharllang, etc. A beautiful view of Ganesh, Langtang, Manaslu and Annapurna mountains are visible from Pangsang.

The base camp of Paldor Peak (5,903 m) can be trekked in 1.5 days from Somdang. Similarly, a two days trek from Hindung village leads to Ganesh Himal Base Camp (4,550m).

Ruby Valley is home to Tamang, Gurung, Ghale and Dalit communities. Fishing is prominent here. There are also three pools of hot spring water, Ganesh Kund, waterfalls, and the black and white ponds. There is also the possibility of rock climbing. The village houses the ruins of an eighteenth-century palace. The Ruby Valley is rich in biodiversity, flora and fauna. The rare red panda is also found here.

Starting from Somdang, the Ruby Valley Circuit trek passes through Pangsang Bhanjyang, Tipling, Chalise Village, Hindung and reaches Ganesh Himal Base Camp. Returning from the Base Camp is the same way from Tatopani, Borang to Jharllang. Jharllang to Dhadingbesi can be travelled by a vehicle. This way the journey takes 11 days.

Teahouse trekking is possible till Hindung. However, Ganesh Himal Base Camp and Paldor Peak Base Camp do not have any hotel facilities.

The best time to visit Ruby Valley is from mid-September to mid-December.

 

How to reach

      By road: Kathmandu – Trishuli - Syafurbesi 132 km, six hours in a jeep. Syafurbesi – Gutlang - Somdang 50 km, four hours in jeep. Trekking from Somdang.

 

रुबी भ्याली

धादिङ जिल्लाको रुबी भ्याली पदयात्रा पर्यटनका लागि ख्याति कमाएको गन्तव्य हो । गणेश हिमालको उज्यालोमा झलमल्ल छ भ्याली । साबिकका तिप्लिङ, सेर्तुङ र लापा गाविस मिलाएर रुबी भ्याली गाउँपालिका बनाइएको छ । भ्याली १,५३० मिटरदेखि ४,३४० मिटर उचाइमा फैलेको छ ।

पाङशाङ भन्ज्याङ (३,८५० मि.) भएर तिप्लिङ गाउँ हुँदै चालीस गाउँ, बोराङ, र्झालाङ र डुनडुरेसम्म रुबी भ्याली सर्किट पदयात्रा गरिन्छ । पाङशाङबाट गणेश, लाङटाङ, मनास्लु र अन्नपूर्ण हिमशृङ्खलाको मीठो दृश्य देखिन्छ ।

सोमदाङबाट जस्ता खानी हुँदै डेढ दिनमा पाल्दोर पिक (५,९०३ मि.) को बेस क्याम्पमा पुगिन्छ । त्यस्तै हिन्दुङ गाउँबाट ठाडो ओडार, दोब्रेडाँडा हुँदै दुई दिनमा गणेश हिमाल (७,४२२ मि.) को बेस क्याम्प (४,५५० मि.) मा पुगिन्छ ।

रुबी भ्यालीमा तामाङ, गुरुङ, घले र दलित समुदायको बसोबास छ । असला माछाका लागि प्रख्यात आँखु खोला छ जहाँ फिसिङ गर्न सकिन्छ । त्यस्तै प्राकृतिक तातोपानीका तीनवटा कुण्ड छन् । गणेश कुण्ड, कालो दह, सेतो दह पनि छन् । केही झरना पनि छन् । चट्टान आरोहणको सम्भावना पनि छ । गाउँमा घले राजाको अठारौं शताब्दीका दरबारका भग्नावशेष छन् ।

जैविक विविधताका हिसाबले पनि रुबी भ्याली सुन्दर छ । विभिन्न जडीबुटी, लालीगुराँस आदि पाइन्छ । जङ्गल क्षेत्रमा जीवजन्तु र चराचुरुङ्गीको बसोबास छ । दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइन्छ ।

रुबी भ्याली सर्किट पदयात्रा सोम्दाङबाट सुरु भएर पाङशाङ भन्ज्याङ, तिप्लिङ, चालीस गाउँ, हिन्दुङसम्म पुगेर गणेश हिमाल बेस क्याम्पसम्म पुग्छ । बेस क्याम्पबाट त्यही बाटो फर्केर तातोपानी, बोराङ हुँदै झारलाङसम्म पदयात्रा गरिन्छ । झारलाङबाट धादिङबेसीसम्म गाडीमा यात्रा । यसरी काठमाडौंबाट यात्रा गर्न ११ दिन लाग्छ ।

हिन्दुङसम्म टि हाउस टे«किङ सम्भव छ । तर, गणेश हिमाल बेस क्याम्प र पाल्दोर पिक बेस क्याम्पमा होटल सुविधा छैन ।

असोजदेखि मंसिरसम्म रुबी भ्याली घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंत्रिशूलीस्याफ्रुबेसी १३२ कि.मि., जीपमा ६ घण्टा लाग्छ । स्याफ्रुबेसीगटलाङसोमदाङ ५० कि.मि., जीपमा ४ घण्टा । सोमदाङबाट पदयात्रा ।



Gallery