सन्तोष शर्माको नेतृत्वमा म्युजिक नेपालको स्थापना । रेडियो नेपालमा र रत्न रेकर्डिङ संस्थानको स्वामित्वमा रहेका गीतको वितरण गर्दै यसले आफ्नो व्यापार फैलिएको थियो । म्युजिक नेपालअघि पनि दुई निजी रेकर्डिङ स्टुडियो भए पनि यसैको अस्तित्वपछि रेकर्डिङका लागि भारत जानुपर्ने बाध्यतामा कमी आएको थियो । महजोडीको प्रहसन बेच्दै यसले एल्बम बिक्रीको सुरुवात गरेको थियो ।