| अडियो भिडियो सोसाइटी अफ नेपाल (AVSN) गठन, चलचित्र विकास बोर्डमा औपचारिक घोषणा
5 months, 1 week ago |
| मिति २०८२ असोज १३ गते (फुलपाती) प्रदर्शित चलचित्रहरूको असोज ३१ गते राति ११:५९ सम्मको आधिकारिक बक्स अफिस विवरण
7 months, 3 weeks ago |
| प्रेस विज्ञप्ती
1 year, 6 months ago |
| शोक विज्ञप्ति
2 years, 1 month ago |
| राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० सम्बन्धमा
2 years, 9 months ago |
कठमाडौँ, नेपाल फिल्म क्याम्पसको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहयोगमा “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशाला यही पौष १९ गते नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा आयोजना गरिएको हो।
कथा लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्त कार्यशालामा भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट पोस्ट–ग्र्याजुएट पूरा गरी हाल नेपाल फिल्म क्याम्पसमा निर्देशन तथा पटकथा लेखन विभागका प्रमुखका रूपमा कार्यरत केशव पाण्डे प्रशिक्षकको रूपमा सहभागी थिए। कार्यशालामा चलचित्र कथा–विज्ञान, कथाका आधारभूत तत्वहरू तथा लेखन प्रक्रियाबारे व्यावहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यशालाप्रति उल्लेख्य रुचि देखिएको र ठूलो संख्यामा नाम दर्ता भएकाले माघ र फागुन महिनामा दोस्रो तथा तेस्रो चरणको कार्यशाला पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ। साथै, कार्यशालामा सहभागी प्रशिक्षार्थीहरूले पेश गरेका कथाहरूमध्येबाट उत्कृष्ट १० जनाको छनोट गरी उनीहरूका लागि पटकथा लेखनसम्बन्धी विशेष कार्यशाला सञ्चालन गरिनेछ।
कार्यशालाको समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रम चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा अध्यक्ष डिसीले यस्ता कार्यशालाहरूले नयाँ पुस्तालाई सिर्जनात्मक रूपमा सक्षम बनाउँदै नेपाली सिनेमा क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै, कथा र पटकथा सशक्त भएमा नेपाली चलचित्रको स्तर अझ उचाइमा पुग्ने धारणा व्यक्त गर्दै यस्तो कार्यक्रममा बोर्डको सहयोग रहने बताए।





