badapatra


चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रका पोष्टर संकलन, विशेष प्रदर्शनी आयोजना हुने

2 months, 1 week ago | Published: Jan. 3, 2026, 11 a.m. | Views: 1697

काठमाडौँ । चलचित्र विकास बोर्डले बोर्डअन्तर्गत स्थापना गरिएको चलचित्र संग्राहलयमा राख्ने उद्देश्यले नेपाली चलचित्रका पोष्टर (डिजिटल तथा फिजिकल) संकलन कार्यलाई सुरु गरेको छ।


बोर्डले स्वदेशी चलचित्रको इतिहास, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली चलचित्रका पोष्टरहरू समेटिएको विशेष प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ। सो प्रदर्शनीका लागि बोर्डले चलचित्र निर्माता, निर्देशक तथा सरोकारवालाहरूलाई आफू सम्बन्धित चलचित्रका पोष्टरहरू उपलब्ध गराउन सुचना जारि गर्दै अनुरोध गरेको छ।


बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार,

“नेपाली चलचित्रका पोष्टरहरू केवल प्रचार सामग्री मात्र नभई, हाम्रो चलचित्र इतिहास र समयको अभिलेख पनि हुन्। यस्ता सामग्रीको संरक्षण र सार्वजनिक प्रदर्शनीमार्फत नयाँ पुस्तालाई नेपाली चलचित्रको यात्रासँग परिचित गराउनु बोर्डको उद्देश्य हो।”


बोर्डले सम्बन्धित सबै चलचित्रकर्मी तथा अधिकार प्राप्त व्यक्तिहरूलाई आगामी मंगलबारभित्र आफू संलग्न चलचित्रका पोष्टरहरू डिजिटल वा फिजिकल स्वरूपमा उपलब्ध गराई यस महत्वपूर्ण कार्यमा सहयोग गर्न आग्रह गरेको छ।


पोस्टर संकलन तथा थप जानकारीका लागि चलचित्र विकास बोर्डले निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ।


सम्पर्क विवरण


अप्सरा समाल: ९८५२८३५३५०

तिलोचन थापा: ९८६८६६८५७६


इमेल:

info@film.gov.np


चलचित्र विकास बोर्डले यस अभियानमा चलचित्र क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहयोग रहने विश्वास व्यक्त गरेको छ।