प्रस्ताव आव्हान सम्बन्धि सूचना
1 year, 2 months ago |
अभिनय कार्यशाला
1 year, 3 months ago |
अभिनय सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 3 months ago |
चलचित्रघरहरूको इजाजतपत्र, नवीकरण/अद्यावधिक गर्ने, गराउने सम्बन्धी सूचना
1 year, 4 months ago |
चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।०८।१४ बिहिबार, गोरखापत्र दैनिक)
1 year, 5 months ago |
काठमाडौँ, आर्थिक वर्ष २०७९।८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ । कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्या सहितको विवरण सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डको मिति २०८०।०४।०२ को निर्णयानुसार रिपोर्ट सार्वजनिक गरिएको हो ।
गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् । स्वदेशी चलचित्रहरूको २७,१६,२१७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६,७२,५७,००१/- (छयहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ मात्र) भएको छ । गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन् । यि चलचित्रहरूको २५,८५,६०२ थान टिकट बिक्रीसहित जम्मा ग्रस व्यापार ७९,४३,०४,७४८.७०/- उनासी करोड त्रिचालिस लाख चारहजार सात सय अठचालिस रुपैयाँ सत्तरी पैसा मात्र)भएको छ ।
प्रदर्शनरत दुई नेपाली कथानक चलिचत्रहरू बगान र जारी तथा दुई विदेशी चलचित्रहरू Mission Impossible – Dead Reckoning Part One र Resident Evil: Death Island को गत आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ सम्मको रिपोर्ट समावेश गरिएको छ ।