चलचित्र मञ्चका लागि लेख रचनाका लागि समय थप गरिएको सम्बन्धी सूचना
1 year, 6 months ago | Published:
June 2, 2023, 12:17 p.m. | Views: 5738
नेपाल सरकार
चलचित्र विकास बोर्ड
चाबहिल, काठमाडौं ।
चलचित्र मञ्चका लागि लेख रचनाका लागि समय थप गरिएको सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मितिः२०८०।०२।१९
यस बोर्डबाट वार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक¸ अनुसन्धानमूलक सामाग्री चलचित्र मञ्च प्रकाशन गर्न लागिएको हुँदा चलचित्रक्षेत्रको विकास¸ विस्तार र प्रवर्द्धनमा प्रत्यक्षरुपमा सहयोग पुग्ने किसिमको चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि¸ खोज तथा अनुसन्धानमूलक लेख¸ रचनाहरु यस अघि २०८०।०२।१मा सूचना भई १५ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन आव्हान् गरिएकोमा उक्त समय भित्र पर्याप्त लेख रचना उपलब्ध हुन नसकेको हुँदा ७ दिन समय थप गरि लेख रचना माग गर्ने निर्णय भए बमोजिम यो सूचना प्रकाशनको मितिले ७ दिन (जेठ २५ गते भित्र) लेख रचना उपलब्ध गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरुः–
१. लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति¸ कानुनी व्यवस्था¸चलचित्र निर्माण प्रदर्शन तथा वितरण¸ बक्स अफिस व्यवस्था¸ चलचित्र विकास बोर्डको भूमिका¸ चलचित्र बजारको विद्यमान अवस्था¸नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्नै विविध पक्षको सुधार¸ चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास¸ विस्तार र प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्नेछ ।
२. कम्तीमा पन्ध्रसय शब्दको लेख रचना हुनुपर्नेछ ।(यस अघि कम्तीमा पाँचहजार शब्द भनिएकोमा सुधार गरिएको ।)
३. लेख रचनाको सफ्टकपी समेत बोर्डमा उपलब्ध गराउनुपर्नेछ।सफ्टकपी ईमेल ठेगाना ccmsfdb079@gmail.com मा उपलब्ध गराउन सकिनेछ ।
४. प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईनेछ ।
५. कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा समावेश गरिनेछैन ।
६. बोर्डबाट छनौट भएका खोज तथा अनुसन्धानमूलक लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भए बमोजिमको पारिश्रमिक उपलब्ध गराईनेछ ।
७. प्रकाशित नभएका लेखहरु सम्बन्धित लेखकलाई फिर्ता गरिनेछ र फिर्ता गरिएका लेख रचनाको पारिश्रमिक दिईनेछैन ।
८. लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित रहनेछ ।
९. अन्य आवश्यक जानकारीका लागि बोर्डको कार्यालयमा वा फोन नं ०१-४८२२८६० र मोबाईल नं. ९८४१२९२४७१ मा सम्पर्क गर्न सकिनेछ ।