badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 days, 16 hours ago

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि टिकटक प्रतियोगीता सम्बन्धित सुचना

1 week, 5 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 6 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ २४ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks, 6 days ago

शोक विज्ञप्ति

3 weeks, 1 day ago

बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना

2 years, 9 months ago | Published: May 19, 2023, 12:35 p.m. | Views: 17106

बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८०२।५)

चलचित्र विकास बोर्डले दाङ जिल्लाको घोराहीमा प्रथम बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हुँदा सो महोत्सवमा बालबालिकासँग सम्बन्धित शिक्षामूलक, सन्देशमूलक चलचित्रहरुको प्रदर्शनी गरिने कार्यक्रम रहेको हुँदा निम्न शर्तहरुको अधिनमा रही निःशुल्क सार्वजनिक प्रदर्शनका लागि स्वदेशी चलचित्रहरूको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सर्तहरूः

१.     चलचित्र निर्माताले  मिति २०८०।२।१५ गतेभित्र सहभागितका लागि चलचित्र विकास बोर्डमा निवेदन दिनु पर्नेछ । निवेदन साथ चलचित्र जाँच प्रमाणको पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

२.     चलचित्र बालबिलकासँग सम्बन्धित शिक्षामूलक, सन्देशमूलक कथानक, लघु र वृत्तचित्र हुनुपर्नेछ ।

३.    सहभागितका लागि डिजिटल फर्म्याट (Digital Format- Compressed Formats File [H.264 (MPEG-4), MPEG-2; Container: *.mp4, *.mkv, *.m2ts] को एक प्रति External Hard disk वा Pendrive (पछि फिर्ता हुने गरी) यस बोर्डमा उपलब्ध गराउनु पर्नेछ ।

४.    महोत्सवमा छनोट भई प्रदर्शन भएका चलचित्रलाई प्रोत्साहन स्वरुप बोर्डले तोके बमोजिमको रकम उपलब्ध गराउन सकिनेछ ।          

५.    तोकिएको समयभन्दा पछि प्राप्त हुने निवेदन  उपर कुनै कारबाही गरिने छैन ।

६.    चलचित्र छनोट,प्रदर्शन सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।

७.    यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

८.    यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।

९.    चलचित्र छनोट प्रक्रिया,प्रदर्शन सम्बन्धी गायतका व्यवस्था वा अन्य सर्तहरु बोर्डले तोके बमोजिम बमोजिम हुनेछ ।

 

विस्तृत जानकारीका लागिः

 

 नेपाल सरकार,

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड,

सरस्वतीनगर, चाबहिल, काठमाडौं


सम्पर्क टेलिफोन ०१–४८१२३८७

http://www.film.gov.np