| राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
2 years ago |
| मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
2 years ago |
| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना
2 years ago |
| बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
2 years, 1 month ago |
| सम्पादन सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
2 years, 1 month ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड, सरस्वतीनगर, चाबहिल, काठमाडौंको
चलचित्रको विभिन्न विधाहरुमा केन्द्रित रही चलचित्र निर्माण सम्बन्धी तीन दिने कार्याशाला सम्बन्धी सूचना
प्रकाशित मिति : २०८०।०१।१३
यस चलचित्र विकास बोर्डको स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रको विभिन्न विधाहरुमा केन्द्रित रही चलचित्र निर्माण सम्बन्धी तीन दिने कार्याशालामा सहभागी हुन देहायका शर्त अनुसार छनौट गरिने भएकोले ईच्छुक ब्यक्तिहरुको लागि यो सूचना बोर्डको वेवसाईट www.film.gov.np र सूचना पाटीमा टांस गरी आवहान गरिन्छ ।
देहायः–
१. यस कार्याशालामा बढीमा ३५ जना सहभागी हुन पाउनेछन् । जस मध्ये २० जना सरोकारवाला संघ संस्थाबाट सिफारिस भई आएकाबाट २० जना छनौट गरिनेछ । १५ जना प्राप्त हुन आएका निवेदनवाट मूल्यांकनकर्ताले छनौट गरी सिफारिस भएका ब्यक्तिहरुलाई सहभागी गराउनु पर्नेछ । साथै चलचित्र निर्देशन र क्यामारा सञ्चालन सम्बन्धी विषयमा केन्द्रित रही कार्याशाला/तालिम सञ्चालन हुनेछ ।
२. चलचित्रको विभिन्न विधाहरुमा केन्द्रित रहेर चलचित्र निर्माणका विभिन्न पक्षहरुको बारेमा सहभागीहरुलाई आधारभुत ज्ञान हासिल गराउने गरी कार्याशाला संचालन गरिनेछ ।
३. सूचना मार्फत आवेदन परेका प्रशिक्षार्थीहरु मध्येबाट चलचित्रमा काम गरिरहेको वा चलचित्रमा विशेष रुची राख्ने विभिन्न कारणले चलचित्र संग सम्बन्धित औपचारिक शिक्षा लिनबाट बञ्चित भएका प्रशिक्षार्थीहरुलाई प्राथमिकतामा राखि तालिममा सहभागी गराईनेछ ।
प्रशिक्षार्थीहरुको छनौट गर्दा महिला र पुरुषमा कुनै भेदभाव नगरीकन छनौट गरिनेछ ।
तालिममा सहभागी हुन चाहने प्रशिक्षार्थीहरुले पटकथा लेखन, छायाँकन, सम्पादन, निर्देशन, आदि अन्तर सम्वन्ध भएकोले यी सवै विधा मध्ये कुनै एकमा रुची राखेकोे हुनुपर्नेछ ।
४. चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np Registration Link मार्फत वा बोर्डको कार्यालयमा निवेदन दिन सकिनेछ ।
५. कार्याशालाको श्रोत ब्यक्तिको रुपमा केशव पाण्डे (चलचित्र निर्देशक) र शैलेन्द्र डि कार्की (क्यामारा म्यान) रहनु हुनेछ ।

