badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असार २८ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 months, 1 week ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असार २१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

None

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असार १४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 months, 3 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असार ७ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 months ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ ३१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 months, 1 week ago

राष्ट्रिय चलचित्र पुरस्कार सम्बन्धी सूचना (२०८०।१।१०)

3 years, 5 months ago | Published: May 15, 2023, 10:56 a.m. | Views: 26074

राष्ट्रिय चलचित्र पुरस्कार सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८०।१।१०)

चलचित्र विकास बोर्डको २३औं वार्षिर्कोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने भएकाले सोका लागि निम्न सर्तहरूको अधीनमा रही स्वदेशी चलचित्रहरूको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सर्तहरूः

१.        चलचित्र निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिनु पर्नेछ । दरखास्तसाथ चलचित्र जाँच प्रमाणको पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

२.        राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन स्वदेशी कथानक चलचित्रहरूको हकमा चलचित्र जाँचपास भई मिति २०७८ वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरू एवम् आदिवासी, जनजाति तथा विभिन्न मातृभाषाका चलचित्रको हकमा मिति २०७८ वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरू पुरस्कारमा सहभागी हुन सक्नेछन् ।

३.       दरखास्त साथ चलचित्र अवलोकनका लागि डिजिटल फर्म्याट (Digital Format- Compressed Formats File [H.264 (MPEG-4), MPEG-2; Container: *.mp4, *.mkv, *.m2ts] को एक प्रति External Hard disk वा Pendrive (पछि फिर्ता हुने गरी) यस बोर्डमा उपलब्ध गराउनु पर्नेछ ।

४.       चलचित्र कथानक चलचित्र हुनु पर्नेछ ।    

५.   पुरस्कृत हुने चलचित्रलाई बोर्ड वा बोर्ड मार्फत सार्वजनिक रुपमा आयोजना गरिने विभिन्न चलचित्र महोत्सव, पुरस्कार, घुम्ती चलचित्र प्रदर्शन आदि कार्यक्रमहरुमा प्रदर्शनका लागि बोर्डबाट प्रदर्शन गर्न माग गरेको अवस्थामा उक्त चलचित्र उपलब्ध गराउनु पर्नेछ ।    

६.       तोकिएको समयभन्दा पछि प्राप्त हुने दरखास्त उपर कुनै कारबाही गरिने छैन ।

७.       यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।

८.       यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

९.       यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।

१०.     मनोनयन दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

११.     दरखास्त फारम र आवश्यक कागजात संलग्न गरी बोर्डको अवार्डको ई–मेल ठेगाना nationalawardfdb@gmail.com मा पठाउन सकिनेछ .

 १२.    अन्य सर्तहरु दरखास्त फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।

विस्तृत जानकारीका लागिः

 

नेपाल सरकार,

;~rf/ tyf ;"rgf k|ljlw dGqfno

rnlrq ljsf; af]8{,

सरस्वतीनगर, चाबहिल, काठमाडौं

सम्पर्क टेलिफोनः )!–$*@@*^)

http://www.film.gov.np

ई–मेल ठेगानाः nationalawardfdb@gmail.com

 

Downloads:

 राष्ट्रिय चलचित्र पुरस्कार दरखास्त फारम PDF

 राष्ट्रिय चलचित्र पुरस्कार दरखास्त फारम WORD