| चलचित्रकर्मीहरूको सुरक्षा व्यवस्था सम्बन्धमा।
1 year, 7 months ago |
| सदस्यता पत्र (कार्ड) सम्बन्धमा ।
1 year, 7 months ago |
| सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
1 week, 2 days ago |
| मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
1 year, 8 months ago |
| समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
1 year, 7 months ago |
काठमाडौं । चीनमा आयोजित एभरेस्ट फिल्म फेस्टिभलका विजेता नेपाली चलचित्र तथा चलचित्रकर्मीलाई काठमाडौंमा आयोजित समारोहबीच कुल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ।
ह्याप्पी फाउन्डेसनले चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म आयोजना गरेको नेपाली चलचित्र सप्ताहमा ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै ४ हजार अमेरिकी डलर प्राप्त गरेको छ।
‘तेल भिसा’बाट शंकर घिमिरे उत्कृष्ट निर्देशक बन्दै २ हजार डलर प्राप्त गरे। ‘छक्का पञ्जा’बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘कबड्डी ४’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। उनीहरूले जनही एक हजार डलर प्राप्त गरेका छन्।
‘महाजात्रा’बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाकारको अवार्डसहित एक हजार डलर प्राप्त गर्दा ‘होस्टेल ३’ले उत्कृष्ट सम्पादन विधामा एक हजार डलर जितेको छ।
डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्र विज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित टोलीले चलचित्रको मूल्यांकन गरेको आयोजकले जनाएको छ।
पुरस्कार वितरणका लागि निर्देशक चेन शि–झेङसहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको अध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ अभिनेता हरिहर शर्मा प्रमुख अतिथि थिए।
फेस्टिभलका नेपाल अध्यक्ष करुण थापा र चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले चीनमा आयोजित फेस्टिभल र नेपालमा सम्पन्न पुरस्कार वितरण समारोह नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण सेतु बन्न सक्ने बताए।
आयोजकले नेपाली चलचित्रको चीनमा प्रदर्शन, वितरण, ओटीटी पहुँच तथा सह–उत्पादनका सम्भावना विस्तार गर्दै आगामी दिनमा कार्यक्रमलाई ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का रूपमा अघि बढाउने योजना रहेको बताएको छ।
फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सुले चलचित्रमार्फत नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा चिनियाँ लगानीकर्ताले नेपाली निर्मातासँग सह–उत्पादनमा लगानी गर्न तथा आधुनिक प्रविधिमा आधारित चलचित्रलाई चिनियाँ ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए।
कार्यक्रमका आर्थिक प्रायोजक तथा ग्वाङझाउ सिगुआङयुन टेक्नोलोजीका अध्यक्ष ली हानसहित चिनियाँ प्रतिनिधिलाई विशेष सम्मान प्रदान गरिएको थियो। चिनियाँ प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष डीसी र फेस्टिभल अध्यक्ष थापालाई पनि सम्मान गरेको थियो।





