| ADVANCED SCREENWRITING AND DIRECTION WORKSHOP with ANUPAM BARVE (17-19 March 2023)
3 years, 4 months ago |
| महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
3 years, 4 months ago |
| Children Film Society (CFS)- Open Call Online Campaign
3 years, 5 months ago |
| चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
3 years, 6 months ago |
| स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )
3 years, 8 months ago |
काठमाडौँ, असार १४ — रजतवर्षको अवसर तथा चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा, चलचित्र विकास बोर्ड र Lions International District 325 F, MD 325, Nepal को संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
चलचित्र विकास बोर्ड, फिल्म बोर्ड चोकमा आयोजित उक्त कार्यक्रममा सिनेपा: क्षेत्रसँग आबद्ध चलचित्रकर्मी, बोर्डका पदाधिकारी, कर्मचारी तथा विभिन्न शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो अमूल्य रक्तदान गर्दै मानव जीवनको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
रक्तदान कार्यक्रम सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा जनचेतना अभिवृद्धिको उद्देश्यसहित आयोजना गरिएको बोर्डले जनाएको छ। चलचित्र क्षेत्र केवल सिर्जना र मनोरञ्जनमा मात्र सीमित नभई समाजसेवा र मानवीय अभियानमा समेत अग्रसर रहेको सन्देश यस कार्यक्रमले प्रवाह गरेको छ।
कार्यक्रममा रक्तदानमा सहभागी हुने व्यक्तिहरूलाई सम्मानस्वरूप प्रमाण–पत्र प्रदान गरिएको थियो। साथै, T.U. Lions Blood Transfusion and Research Centre ले रक्तदान कार्यक्रम आयोजना गरी रक्तदानबारे जनचेतना फैलाउन योगदान पुर्याएको भन्दै चलचित्र विकास बोर्डलाई Certificate of Appreciation प्रदान गरेको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. ले यस्ता कार्यक्रमले चलचित्र क्षेत्र र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने बताउँदै आगामी दिनमा पनि सामाजिक हित र मानवीय सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने Lions International District 325 F, MD 325, Nepal, T.U. Lions Blood Transfusion and Research Centre, रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूलाई चलचित्र विकास बोर्डले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।





