badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

10 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

10 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

11 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

11 months ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

4 years, 5 months ago | Published: April 26, 2022, 12:08 a.m. | Views: 26087

नयाँ पत्रिका, पृष्ठ ७, सूचना प्रकाशन मितिः २०७९।१।१३ः चलचित्रको कारोबारलाई प्रविधि मैत्री बनाई व्यवस्थित र पारदर्शी बनाउन सरोकारवाला संघ, संस्थाको सहमतिमा २०७६ बाट बक्स अफिस प्रणाली लागू गरिएको व्यहोरा सबैमा जानकारी भएकै विषय हो । कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका चलचित्रघरहरू मिति २०७८।११।०१ गतेबाट नियमितरूपमा सञ्चालनमा आएका छन् । तर हालसम्म केही चलचित्रघरहरूको बक्स अफिस प्रणालीको सेन्ट्रल सिनेमा मेनेजमेन्ट सिष्टममा डाटा प्राप्त भएको देखिएन ।

आर्थिक ऐन, २०७८ को अनुसूची–४ को प्रकरण ४ मा चलचित्रघरहरूले विद्युतीय प्रणाली (ई–टिकेटिङ सिष्टम) बाट टिकट जारी गरी केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीको सर्भरसँग लिङ्क गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ भने बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन कार्यविधि, २०७६ को दफा ३ को उपदफा (१) को खण्ड (ख) मा विद्युतीय प्रणाली प्रयोग गरी टिकट जारी गरिरहेका चलचित्रघरहरूले बोर्डले तयार गरेको बक्स अफिस प्रणालीमा अन्तरआवद्धता भई आन्तरिक राजश्व विभाग र बोर्डलाई तत्कालै (Realtime) डाटा उपलब्ध गराउनु पर्नेछ । यसका साथै आर्थिक ऐन, २०७८ को अनुसूची–४ को प्रकरण ६ मा चलचित्रघरले विदेशी चलचित्र प्रदर्शन गर्दा असुल उपर गरेको चलचित्र विकास शुल्क बापतको रकम प्रत्येक महिनाको शुल्क अर्को महिनाको पच्चीस गतेभित्र विवरण सहित सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्नुपर्ने उल्लेख भएको छ । तोकिएको समयमा चलचित्र विकास शुल्क नबुझाउने चलचित्रघरलाई प्रत्येक महिनाको बुझाउनु पर्ने शुल्कको पच्चीस प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ । 

त्यसैगरी चलचित्र (निर्माण, प्रदर्शन र वितरण) नियमावली, २०५७ को नियम ४ र नियम १० मा चलचित्र प्रदर्शन इजाजतपत्र लिएपछि मात्र चलचित्र प्रदर्शन गर्न पाईने र प्रदर्शन ईजाजतपत्र पाँच वर्षमा नवीकरण गर्नुपर्ने र तोकिएको समयमा नवीकरण नगर्ने चलचित्रघर खारेजी हुने तथा खारेज भएका चलचित्रघरले चलचित्र प्रदर्शन गर्न पाइने छैन । यसर्थ कुनैपनि चलचित्रघरले बक्स अफिस प्रणाली कार्यान्वयन नगरेको वा चलचित्र विकास शुल्क नबुझाएको र तोकिएको समयमा चलचित्र प्रदर्शन इजाजतपत्र नवीकरण नगरेको भए यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र प्रस्तुत कानुनी व्यवस्था बमोजिमका उक्त कार्यहरू गर्नुहुन यो सूचना मार्फत् जानकारी गराइएको छ । अन्यथा प्रचलित कानुन बमोजिम हुने व्यहोरा समेत जानकारी गराइन्छ । 


Downloads:

 NOTICE