badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

10 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

10 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

11 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

11 months ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)

4 years, 2 months ago | Published: Aug. 21, 2022, 5:55 p.m. | Views: 28053

चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. विद्यावारिधि शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका – २ जना
२. दर्शनाचार्य शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका – २ जना
३. स्नातकोत्तर छात्रवृत्तिः
    (क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने – २ जना
    (ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी – २ जना

४. स्नातक छात्रवृत्तिः चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत जम्मा १० (दश) जनाको लागि,
– खुलातर्फः ५ (पाँच) जना
– आरक्षणतर्फः ५ (पाँच) जना
(क) मधेशी, दलित र जनजातितर्फ– ३ (तीन) जना,
(ख) महिलातर्फ– २ (दुई) जना

५.लघु पाठ्यक्रमः
– चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत विद्यार्थीहरू – २ जना

सम्बन्धित आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र,

दरखास्त दिने अन्तिम मितिः २०७९ असोज ४ गतेभित्र /
Application Deadline: 20th September, 2022)

बोर्डको कार्यालयमा वा इमेल
 nepalfilmscholarship@gmail.com मार्फत् अनलाइन आवेदन दर्ता गराइसक्नु पर्नेछ ।


इमेल मार्फत् फारम भरी पठाउँदा पालना गर्नुपर्ने विधिः,
a. Subject मा Application Level _ First Name _ Year _ Institution_Name:

जस्तैः BachelorsLevel_Sita_2079_OSCAR, or Bachelors_Ram_2079_NFC, Masters_Krishna_2079_TU etc. नाम उल्लेख गर्नु पर्नेछ ।

b. दरखास्त साथ पेश गर्ने कागजातहरू स्क्यान गरी PDF वा JPG Format (कम्तीमा 200 dpi रिजुलेशन) मा Attach गर्नुपर्नेछ ।
c. 
एकजना विद्यार्थीसँग सम्बन्धित दरखास्त पठाउँदा एउटै इमेलमा सम्पूर्ण संलग्न गर्नुपर्ने कागजातहरू Attach वा PDF प्याकेज गर्नुपर्नेछ ।
d.  अनलाइन दरखास्त दिनुहुने विद्यार्थीहरूले अनुकुल समय वा अन्तर्वातामा उपस्थित हुँदा सक्कल दरखास्त फारम, पेश गरेका कागजातहरू र रू.१०।– (दश) को हुलाक टिकट अनिवार्य बुझाउनु पर्नेछ ।

 

दरखास्त  फारम डाउनलाेड गर्न तलको लिंक प्रयाेग गरी डाउनलोड गर्नुहोस्ः

1. Application form Bachelor and Short-TermCourse, (PDF)

2. Application form Masters MPhil PHD Course. (PDF)


If you want to fill up application in MS WORD FILE, then Click the following links:


दरखास्त फारम साथ संलग्न गर्नुपर्ने कागजातहरूः
– रू. १०।– (दश) को हुलाक टिकट सहितको आवेदन फारम,
– 
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
– 
शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू (सक्कल बमोजिम नक्कल ठीक छ उल्लेख गर्ने वा नोटरी गरी पेश गर्नुपर्नेछ,
– 
छात्रवृत्तिका लागि स्थानीय निकाय, शैक्षिक संस्था, वा अन्य कुनै निकायले सिफारिस गरेको भए सोको प्रतिलिपि,
– 
महिला, मधेशी, अपाङ्ग, दलित, जनजाति तथा सहिद परिवार हकमा सम्बन्धित निकाय वा आयोगको सिफारिस पत्र/प्रमाण पत्र।
– 
स्नातकोत्तर, दर्शनाचार्य, वा विद्यावारिधि तहको हकमा स्वीकृत शोध प्रस्तावको प्रतिलिपि।
– 
साथै छात्रवृत्तिका लागि स्थानीय निकायको सिफारिस वा अन्य सहयोग गर्ने सिफारिस लगायतका कागजातहरू।

अन्य थप जानकारीको लागि चलचित्र विकास बोर्डको इमेल  nepalfilmscholarship@gmail.com वा ०१४८१२३३२ मा अधिकृत श्री निता बिम्बसँग गर्न सक्नुहुनेछ ।

Downloads:

 Scholarship notice on newspaper