चलचित्र विकास बोर्डबाट गठित समितिहरू
6 days, 13 hours ago |
चलचित्रकर्मीहरूको सुरक्षा व्यवस्था सम्बन्धमा।
3 weeks ago |
सदस्यता पत्र (कार्ड) सम्बन्धमा ।
3 weeks ago |
सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
1 month, 1 week ago |
मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
1 month, 2 weeks ago |
चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. विद्यावारिधि शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका – २ जना
२. दर्शनाचार्य शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका – २ जना
३. स्नातकोत्तर छात्रवृत्तिः
(क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने – २ जना
(ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी – २ जना
४. स्नातक छात्रवृत्तिः चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत जम्मा १० (दश) जनाको लागि,
– खुलातर्फः ५ (पाँच) जना
– आरक्षणतर्फः ५ (पाँच) जना
(क) मधेशी, दलित र जनजातितर्फ– ३ (तीन) जना,
(ख) महिलातर्फ– २ (दुई) जना
५.लघु पाठ्यक्रमः
– चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत विद्यार्थीहरू – २ जना
सम्बन्धित आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र,
दरखास्त दिने अन्तिम मितिः २०७९ असोज ४ गतेभित्र /
Application Deadline: 20th September, 2022)
बोर्डको कार्यालयमा वा इमेल nepalfilmscholarship@gmail.com मार्फत् अनलाइन आवेदन दर्ता गराइसक्नु पर्नेछ ।
इमेल मार्फत् फारम भरी पठाउँदा पालना गर्नुपर्ने विधिः,
a. Subject मा Application Level _ First Name _ Year _ Institution_Name:
जस्तैः BachelorsLevel_Sita_2079_OSCAR, or Bachelors_Ram_2079_NFC, Masters_Krishna_2079_TU etc. नाम उल्लेख गर्नु पर्नेछ ।
b. दरखास्त साथ पेश गर्ने कागजातहरू स्क्यान गरी PDF वा JPG Format (कम्तीमा 200 dpi रिजुलेशन) मा Attach गर्नुपर्नेछ ।
c. एकजना विद्यार्थीसँग सम्बन्धित दरखास्त पठाउँदा एउटै इमेलमा सम्पूर्ण संलग्न गर्नुपर्ने कागजातहरू Attach वा PDF प्याकेज गर्नुपर्नेछ ।
d. अनलाइन दरखास्त दिनुहुने विद्यार्थीहरूले अनुकुल समय वा अन्तर्वातामा उपस्थित हुँदा सक्कल दरखास्त फारम, पेश गरेका कागजातहरू र रू.१०।– (दश) को हुलाक टिकट अनिवार्य बुझाउनु पर्नेछ ।
दरखास्त फारम डाउनलाेड गर्न तलको लिंक प्रयाेग गरी डाउनलोड गर्नुहोस्ः
1. Application form Bachelor and Short-TermCourse, (PDF)
2. Application form Masters MPhil PHD Course. (PDF)
If you want to fill up application in MS WORD FILE, then Click the following links:
दरखास्त फारम साथ संलग्न गर्नुपर्ने कागजातहरूः
– रू. १०।– (दश) को हुलाक टिकट सहितको आवेदन फारम,
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
– शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू (सक्कल बमोजिम नक्कल ठीक छ उल्लेख गर्ने वा नोटरी गरी पेश गर्नुपर्नेछ,
– छात्रवृत्तिका लागि स्थानीय निकाय, शैक्षिक संस्था, वा अन्य कुनै निकायले सिफारिस गरेको भए सोको प्रतिलिपि,
– महिला, मधेशी, अपाङ्ग, दलित, जनजाति तथा सहिद परिवार हकमा सम्बन्धित निकाय वा आयोगको सिफारिस पत्र/प्रमाण पत्र।
– स्नातकोत्तर, दर्शनाचार्य, वा विद्यावारिधि तहको हकमा स्वीकृत शोध प्रस्तावको प्रतिलिपि।
– साथै छात्रवृत्तिका लागि स्थानीय निकायको सिफारिस वा अन्य सहयोग गर्ने सिफारिस लगायतका कागजातहरू।
अन्य थप जानकारीको लागि चलचित्र विकास बोर्डको इमेल nepalfilmscholarship@gmail.com वा ०१४८१२३३२ मा अधिकृत श्री निता बिम्बसँग गर्न सक्नुहुनेछ ।