badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 4 weeks ago

आदिवासी जनजाति प्रवर्द्धन सम्बन्धी प्रस्ताव आह्वान सूचना (दोस्रोपटक)

5 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

5 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

5 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

5 months, 2 weeks ago

प्रेस विज्ञप्ती

1 day, 1 hour ago | Published: May 19, 2026, 9:32 a.m. | Views: 400

फ्रान्सको कान्स शहरमा भइरहेको ७९औं कान्स फिल्म फेस्टिभलमा नेपाल पर्यटन बोर्ड र शाही प्रोडक्सन(बेलायत)सँगको सहकार्यमा चलचित्र विकास बोर्डले नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखी उपस्थिति जनाएको छ।
यस पहलको मुख्य उद्देश्य नेपाली चलचित्र, नेपाली चलचित्रकर्मी, नेपालका छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई विश्व बजारसम्म पुर्याउनु हो।
बोर्डले मिति २०८२ फागुन २५ गते औपचारिक सूचना प्रकाशित गरी कान्स स्टलमा समावेश हुन इच्छुक चलचित्रकर्मीहरूबाट पोस्टर, ट्रेलर, प्रचार सामग्री तथा आवश्यक विवरण माग गरेको थियो। साथै, विभिन्न विधामा छनोट भएको नेपाली चलचित्र Elephant in the Fog लाई नेपाल स्टलमा प्राथमिकताका साथ समेट्ने तयारी पनि सुरुदेखि नै गरिएको थियो।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्राप्त सुझाव, चासो र प्रतिक्रियालाई बोर्डले संस्थागत सुधार तथा आगामी आयोजनालाई अझ व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने अवसरका रूपमा लिएको छ।
चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार, चलचित्रकर्मीको हकहित संरक्षण र नेपाली कथालाई विश्व मञ्चसम्म पुर्याउने अभियानमा सधैं प्रतिबद्ध छ।