| मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
1 year, 5 months ago |
| समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
1 year, 4 months ago |
| ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 6 months ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८१।७।१४ बुधबार, गोरखापत्र दैनिक)
1 year, 6 months ago |
| नेपाली सेनाको लघु चलचित्र प्रतियोगिता -२०८१ सम्बन्धमा।
1 year, 6 months ago |
शिव श्रेष्ठ फाउन्डेशनको आयोजनामा, चलचित्र विकास बोर्डको सहकार्यमा र लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्ष अघि प्रकाश थापा द्वारा निर्देशित ‘जीवनरेखा’ , जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरियो। यस्का लागि डिजिटल सिनेमा नेपाल (डीसीएन ) को पनि सहयोग रहेको थियो।
नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरु गर्ने तयारीको स्याम्पल टेस्ट शिव श्रेष्ठ फाउन्डेशनसंग मिलेर गरेको छ।
यस अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने बोर्डले जनाएको छ। बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड चलचित्र डिजिटाइज गरिसकेको छ भने ऐतिहासिक, अभिलेखीय महत्वका तथा साहित्यिक कृतिमा आधारित थप १० चलचित्र डिजिटाइज गर्ने तयारी भइरहेको छ।
बोर्डका अनुसार यो अभियान पुराना चलचित्रलाई अभिलेखमा मात्र सीमित नराखी दर्शकमाझ पुर्याउने प्रयास हो। पुरानो पुस्ताले हेरेका र सम्झनामा राखेका चलचित्रलाई नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने उद्देश्य कार्यक्रमको केन्द्रमा छ।
कार्यक्रममा विशिष्ट कलाकार नीर शाह, बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार आकाश अधिकारी, नायक शिव श्रेष्ठ, पुर्व वोर्ड सदस्य एवं चलचित्रकर्मी रवी अधिकारी, हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठ, चलचित्रकर्मी चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ र कलाकार दीपक अधिकारी लगायत दर्शकहरुको उल्लेख्य उपस्थिति थियो।
जीवन रेखामा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के,प्रकाश थापा,अर्जुनजंग शाही, वसुन्धरा भुषाल , गोपालराज मैनाली, हरिवंश आचार्य आदिको अभिनय रहेको छ।








