| SAARC Film Festival मा सहभागिता सम्बन्धमा।
1 year, 5 months ago |
| राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान,२०८० को निर्णायक छनोट सम्बन्धी सूचना
1 year, 6 months ago |
| बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 8 months ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
1 year, 8 months ago |
| बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना
1 year, 8 months ago |
नेपाल सरकार
सञ्चार तथा
सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास
बोर्ड
चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी सूचना
मितिः २०८२।१०।२३
स्वदेशी चलचित्रको प्रवर्द्धन, दर्शक अभिवृद्धि एवम् बजार विस्तारमा सहयोग
पुर्याउने उद्देश्यले सशर्त अनुदान सहयोगका माध्यमबाट चलचित्रघरको स्तरोन्नतिमा
प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने
प्रोत्साहन अनुदानका लागि तोकिएका कागजातहरू सहित चलचित्र विकास बोर्डबाट स्वीकृत
ढाँचाको आवेदन फारम भरी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र बोर्डको
कार्यालयमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
शर्त एवं पेश गर्नुपर्ने कागजातहरूः
१. सञ्चालकको नेपाली
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
२. कम्पनी वा
संस्था दर्ता प्रमाण र स्थायी लेखा
नम्बर दर्ता प्रमाण पत्रको प्रतिलिपि।
३. कम्पनी वा
संस्थाको अघिल्लो आ.व.सम्मको करचुक्ता प्रमाण पत्र र कम्पनी अद्यावधिक प्रमाणपत्रको
प्रतिलिपि।
४. चलचित्र
विकास शुल्क नियमित रुपमा बुझाई बाँकी बक्यौता नभएको पुष्टि हुने आधार/प्रमाण।
५. चलचित्रघरले तिर्नु/बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर, मनोरञ्जन कर
लागयतका राजश्व, शुल्क सम्बन्धित निकायमा बुझाएको आधार/प्रमाण।
६. चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी कार्यविधि, २०८१" को अनुसूची-३ बमोजिमको ढाँचामा
प्रतिवद्धता फाराम पेश गर्नुपर्नेछ।
७. काठमाण्डौं उपत्यका बाहिर अर्थात मोफसलमा
सञ्चालित र हाल विविध कारणले बन्द भई पुनः
सञ्चालन गर्न चाहने चलचित्रघरलाई प्राथमिकता दिईनेछ।
८. व्यवसायिक/व्यापारिक मल बाहेक अन्य स्थान वा
क्षेत्रमा रहेका चलचित्रघरलाई प्राथमिकता दिईनेछ।
९. सञ्चालनमा रहेका ऐतिहासिक तथा पुराना
चलचित्रघरलाई प्राथमिकता दिईनेछ।
१०. हाल सञ्चालित चलचित्र घरमा ई-टिकेटिङ (बक्स
अफिस) प्रणाली लागू भएपछि नियमित रुपमा ई-टिकेटिङ
(बक्स अफिस) प्रणालीबाट टिकट बिक्रीको कारोबार गरी बोर्डको Central Cinema Management
System (CCMS) मा डाटा प्राप्त भएको हुनुपर्नेछ।
११. चलचित्र विकास शुल्क नियमित रुपमा बुझाई बाँकी
बक्यौता नभएकोलाई प्राथमिकता दिइनेछ।
१२. चलचित्रघरले
तिर्नु/बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर, मनोरञ्जन कर लगायतका राजश्व, शुल्क सम्बन्धित निकायमा बुझाई चुक्ता गरेकोलाई प्राथमिकता दिइनेछ।
१३. विगतमा
चलचित्रघरको खराब आचरण नदेखिएको र कुनै पनि निकायबाट कारबाही भएको हुनु नहुने,
१४. जनघनत्व
बढी भएका स्थानलाई प्राथमिकता दिईनेछ।
१५. तोकिएको
अवधिभन्दा पछि प्राप्त हुने आवेदन उपर कुनै पनि कारबाही गरिने छैन।
१६. यो सूचना बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ।
१७. आवेदन फाराम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड गरी
प्राप्त गर्न सकिनेछ।
१८. अन्य शर्तहरु "चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी
कार्यविधि, २०८१" बमोजिम हुनेछ।
१९. यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ।
२०. यस सम्बन्धमा थप कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा
सम्पर्क गर्न सकिनेछ।
नोटः
(गत आ.व. को कार्यक्रमको निरन्तरता भएकोले गत वर्ष प्रकाशित सूचना अनुसार आवेदन दिनुभएका आवेदनकर्ताहरूले थप आवेदन दिन नपर्ने व्यहोरा सूचित गरिन्छ।)