| चलचित्र विकास बोर्डको आयोजनामा पौडी तालिम सञ्चालन हुने
7 hours ago |
| चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने
7 hours ago |
| अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना
1 day, 8 hours ago |
| ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता तथा नेपाली चलचित्रकर्मीहरूका लागि सूचना
3 days, 2 hours ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी
3 days, 5 hours ago |
गोरखापत्र राष्ट्रिय दैनिक (प्रथम पटक प्रकाशित मितिः २०७८।४।१२): स्वदेशी चलचित्रको विकास, प्रवद्र्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट कथा, पटकथा (स्कृप्ट) को छनौट गरी सहनिर्माण गर्ने, कथा, पटकथा लेखनमा लेखकहरूलाई आवश्यक पर्दा विशेषज्ञता समेत उपलब्ध गराउने र त्यस्ता कथा, पटकथा (स्कृप्ट) मा निर्माण भएका चलचित्रहरूको अन्तर्राष्ट्रियस्तरमा गैरव्यवसायिक प्रदर्शन (महोत्सव, अवार्डमा सहभागिता) लाई प्रोत्साहित गर्न लागिएको हुँदा निम्न शर्तहरूको अधिनमा रही यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले ६० (साठी) दिनभित्र बोर्डको कार्यालय वा ई–मेल ठेगाना storybankfdb@gmail.com मा कथा, पटकथा पेश गर्नहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सहभागिताका शर्तहरूः
१) कथा, पटकथा (स्कृप्ट) लेखक वा निर्माता नेपाली नागरिक हुनुपर्नेछ । नेपाली निर्माण संस्था वा कम्पनीले मात्र सहनिर्माणका लागि सहभागिता जनाउन सक्नेछन् ।
२) चलचित्रको कथा, पटकथा (स्कृप्ट) मा कुनैपनि चलचित्र निर्माण गरेको हुनुहुँदैन ।
३) चलचित्रको कथा, पटकथा (स्कृप्ट) नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गरी सोको प्रमाण पुष्टि हुने कागजात पेश गर्नुपर्नेछ ।
४) चलचित्र लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्नेछ ।
५) कुनै कथा, पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गर्न लेखकसँग सम्झौता भएको भए कथा, पटकथा (स्कृप्ट) लेखक र निर्माण पक्षबीचको सम्झौतापत्र ।
६) चलचित्रको कथा, पटकथा (स्कृप्ट) तीन (३) प्रति ।
७) दरखास्तसाथ पेश गर्नुपर्ने अन्य कागजातहरू दरखास्त फारममा उल्लेख भए बमोजिम हुनेछ ।
८) तोकिएको अवधिपछि प्राप्त हुने दरखास्त उपर कुनै पनि कारबाही गरिने छैन ।
९) यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
१०) दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np मा प्राप्त गर्न सकिनेछ ।
११) अन्य शर्तहरू “स्टोरी बैंक (कथा संग्रहालय) सम्बन्धी कार्यविधि, २०७७” बमोजिम हुनेछ ।
१२) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
१३) यस सम्बन्धमा अन्य कुनै कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क नम्बरः ०१–४८२२८६०, ४८१२३३२
ईमेलः storybankfdb@gmail.com
नोटः दरखास्त फारम तलको लिंकबाट डाउनलोड गर्न सकिनेछ । दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले ६० (साठी) दिनभित्र बोर्डको कार्यालयमा वा ई–मेल ठेगाना storybankfdb@gmail.com मा कथा, पटकथा पेश गर्नहुन जानकारी गरिन्छ ।