badapatra


स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

3 years ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

3 years ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years, 1 month ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years, 1 month ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 5 months ago

चलचित्र विकास बोर्डद्वारा १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण

3 days, 23 hours ago | Published: Oct. 17, 2025, 4:57 p.m. | Views: 282

चलचित्र विकास बोर्डले आज एक विशेष कार्यक्रमका बीच १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ। २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो।

कार्यक्रमको अध्यक्षता चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला रहेका थिए ।

यसअघि ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’** प्रदान गरिएको थियो। बोर्डले यसै आर्थिक वर्षदेखि विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक रु. १ लाख ५० हजार बराबरको स्वास्थ्य उपचार बीमा तथा सामान्य चलचित्रकर्मीहरूका लागि रु. ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम भएको बताए । उनले भने चलचित्रकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशील रहन प्रतिबद्ध छ ।

यस अवसरमा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




Downloads:

 चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्ने चलचित्रकर्मीहरुको विवरण