badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

10 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

10 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

11 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

11 months ago

विशेष चलचित्र २०७६ र २०७७ सम्बन्धी सूचना

None | Published: None | Views: 32164

विशेष चलचित्र २०७६ र २०७७ सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०७८।१।१५): चलचित्र विकास बोर्डको २१औं वार्षिर्कोत्सवको अवसरमा कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रियरूपमा योगदान पुर्याउन सक्ने त्यस्ता विशेष चलचित्रहरू छनोट गर्ने र तिनलाई प्रोत्साहन एवं पुरस्कृत गरिने भएकाले सोका लागि निम्न सर्तहरूको अधीनमा रही स्वदेशी चलचित्रहरूको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरूः

१.     चलचित्र निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ ।

२.    २०७६ वैशाख १ गतेदेखि २०७७ चैत्र मसान्तभित्र जाँच भएका चलचित्रहरू विशेष चलचित्र छनोटमा सहभागी हुन सक्नेछन्।

३.    दरखास्त साथ चलचित्र निर्माण गर्न दिइने इजाजतपत्र, चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि र चलचित्र अवलोकनका लागि सम्बन्धित चलचित्रको MPEG Content, MP4, वा DCP बुझाउनुपर्नेछ ।

४.    चलचित्र कथानक चलचित्र हुनु पर्नेछ ।           

५.    तोकिएको समयभन्दा पछि प्राप्त हुने दरखास्त उपर कुनै कारबाही गरिने छैन ।

६.    यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।

७.    यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

८.    यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।

९.    दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

१०. दरखास्त फारम र आवश्यक कागजात संलग्न गरी बोर्डको विशेष चलचित्र छनोट समितिको ईमेल ठेगाना specialfilm2078@gmail.com मा पठाउन सकिनेछ .

११.    अन्य शर्तहरु दरखास्त फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।

 

विस्तृत जानकारीका लागिः

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

सरस्वतीनगर, चाबहिल, काठमाडौं

सम्पर्क टेलिफोनः ०१- ४८२२८६०

http://www.film.gov.np

ई–मेल ठेगानाः specialfilm2078@gmail.com

Downloads:

 विशेष चलचित्र दरखास्त फारम २०७६ र २०७७ PDF

 विशेष चलचित्र दरखास्त फारम २०७६ र २०७७ WORD