| शोक विज्ञप्ति
2 months, 1 week ago |
| चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी सूचना
2 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ १७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
2 months, 2 weeks ago |
| साप्ताहिक अन्तर्राष्ट्रिय चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ १७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
2 months, 2 weeks ago |
| हार्दिक बधाई
2 months, 2 weeks ago |
चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट विरामी ३ र मृतक १ गरी चार चलचित्रकर्मीहरुलाई विशेष नगद सहयोग उपलव्ध गराइएको छ । ब्रेन हेमोरेज भएका ग्रीनसिटि हस्पिटलमा उपचार गराईरहेका चलचित्र निर्देशक सन्तोष ढकालको परिवारलाई एक लाख , मृतक प्राविधिक स्व श्री कृष्ण तिमल्सिनाको परिवारलाई काजकिरियाको लागि पचासहजार, खुट्टा भांचिएका कलाकार गोकुल सुवेदीलाई चालिस हजार तथा सेरोशिस भएका प्राविधिक छांयाकार उमेश श्रेष्ठको परिवारलाई एक लाख उपलव्ध गराईएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी , कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुषाल , सदस्य द्वय कलाकार संघका अध्यक्ष मोहन निरौला र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समुहले विरामीहरुको घर, अस्पताल र मृतकको किरियापुत्री भवनमा गएर विरामीको शिघ्रलाभको कामना , मृतकमा श्रध्दान्जली र परिवारमा समवेदना प्रकट गर्दै सो सहयोग रकम उपलव्ध गराइएको हो।
