badapatra


चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन

2 years, 4 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

2 years, 6 months ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years, 6 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

2 years, 7 months ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

2 years, 7 months ago

प्रस्ताव आह्वान सम्बन्धी सूचना

1 week, 5 days ago | Published: April 16, 2025, 11:27 a.m. | Views: 490

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड, चाबहिलकाठमाडौं

प्रस्ताव आह्वान सम्बन्धी सूचना प्रकाशित

मिति २०८0103

 

नेपाली चलचित्र क्षेत्रको विकासप्रवर्दन प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले स्थापना भएका चलचित्रसँग सम्बन्धित संघसंस्थाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धनको लागि बोर्डसँग सहकार्य गरी आर्थिक वर्ष २०८१/८२ मा चलचित्र महोत्सव, कार्यशाला, गोष्ठी, तालिम, आदि कार्यक्रम आयोजना गर्नका लागि सरोकारवाला ईच्छुक संघसंस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कार्यक्रमको प्रस्ताव तोकिएको ढाँचामा पेश गर्न आर्थिक सहयोगसहकार्य कार्यविधि२०८१ को दफा ६ अनुसार यो सूचना प्रकाशित गरिएको छ । सूचनाको  विस्तृत विवरण बोर्डको वेव साईट www.film.gov.np र सूचना पाटीमा उपलब्ध छ 

शर्तहरूः

१.  चलचित्र महोत्सवगोष्ठीअन्तक्र्रियाकार्यशालातालिम कार्यक्रमले नेपाली चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार विस्तार तथा प्रर्वद्धनात्मक कार्यमा उल्लेखनीय भूमिका खेल्ने किसिमको प्रस्ताव हुनु पर्नेछ ।

 नेपाली चलचित्र क्षेत्रको विकासविस्तार र प्रवद्र्धन गर्ने उद्देश्यका साथ विदेशस्थित कानूनी मान्यता प्राप्त संस्थाहरुले बोर्डको सहकार्यमा कार्यक्रम आयोजना गर्ने उद्देश्य राखेमाप्रस्ताब सहित उक्त देशस्थित नेपाली दूताबासको सिफारिस समेत पेश गर्नुपर्नेछ ।

. अन्तर्राष्ट्रियस्तरको नेपाली चलचित्र महोत्सव आयोजना गर्न प्रस्ताब पेश गर्ने संघसंस्थाहरुले यस अघि कम्तीमा दुईपटक अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवको आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको प्रमाण र त्यस कार्यक्रमबाट नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको विषय समेत प्रस्ताबमा उल्लेख गर्नुपर्नेछ ।

. आ.व. २०८१÷८२ का लागि नवीकरण गरेको फर्म वा संस्था दर्ता प्रमाण पत्रस्थायीलेखा दर्ता प्रमाणपत्र वा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएको प्रमाणपत्र र आ.व. २०80÷1 सम्मको कर चुक्ता गरेको प्रमाणपत्रहरुको प्रतिलिपि संलग्न गरी यो सूचना प्रकाशित मितिले ३० दिन भित्र कार्यालय समयसम्म कार्यक्रमको प्रस्ताव चलचित्र विकास बोर्डको कार्यालयमा दर्ता गर्न सकिनेछ ।

. नेपाली चलचित्र क्षेत्रको विकास प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित संघ संस्थाले कार्यक्रमको प्रस्ताव पेश गर्न पाउनेछन् । प्रस्ताव पेश गर्दा देहायका विवरण अनिवार्य खुलाउनु पर्ने छ 

(क)    कार्यक्रमको लक्ष्य, उद्देश्य एवं लागत अनुमान,

(ख)    कार्यक्रमबाट स्वदेशी चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा पुग्न सक्ने योगदानको विवरण,

(ग)    कार्यक्रम गर्दा लाभान्वित हुने उमेर, वर्ग र क्षेत्र,

(घ)    कार्यक्रममा सहभागी हुने संख्या,

(ङ)    कार्यक्रमका स्रोत व्यक्ति एवं प्रशिक्षकको योग्यता र अनुभव,

(च)    कार्यक्रम सञ्चालन गर्न अन्य कुनै निकाय वा सङ्घ/संस्थाबाट सहयोग प्राप्त हुने भए सोको विवरण,

(छ)    यस अघि बोर्डको सहयोग तथा सहकार्यमा कार्यक्रम गरेको भए त्यसले स्वदेशी चलचित्रको प्रवर्द्धन र विकासमा गरेको योगदानको संक्षिप्त विवरण उल्लेख गर्नुपर्ने,

(ज)    कार्यक्रम आयोजना हुने मिति र स्थान ।

(झ)    चलचित्र पर्यटन प्रवर्द्धनमा पुर्‍याउने योगदान।

(ञ)    कार्यक्रम आयोजनाको निरन्तरता र सोको अवधि खुल्ने विवरण।

()    प्रस्ताव पेश गर्दा बोर्डले उपलब्ध गराएको ढाँचामा पेश गर्नु पर्दछ ।

()    कार्यक्रममा अन्य प्रवर्दक तथा प्रायोजन गर्नेको विवरण ।

७.    एक आर्थिक वर्षमा एउटा सङ्घ/संस्थालार्इ सामान्यतया एक पटकभन्दा बढी कर्यक्रममा सहकार्य गरिने छैन ।

.   प्रस्ताव सम्बन्धी कागजात दाखिला गर्ने अन्तिम दिन विदा परे विदा पछि कार्यालय खुलेको दिन प्रस्ताव दर्ता गर्न सकिनेछ ।

.     प्रस्ताव स्वीकृत गर्नेआंशिक स्वीकृत गर्ने वा कुनै कारण नजनाई अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस बोर्डमा निहित रहने छ ।

१०.    प्रस्ताव सम्बन्धी कागजातको प्रत्येक पानामा प्रस्तावदाताले दस्तखत गरी फर्मको छाप लगाउनुपर्ने छ ।

.    रीत नपुगी र म्याद नाघी आएको प्रस्ताव उपर कुनै कारबाही हुनेछैन ।

.    यो सूचना चलचित्र विकास बोर्डको सूचना पाटीमा र वेबसाईट www.film.gov.npमा पनि हेर्न सकिनेछ ।

१३. सूचनामा उल्लेख नभएका कुराको हकमा सार्वजनिक खरिद एन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ अनुसार   हुनेछ ।