चलचित्रक्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक कार्यहरू, तथ्याङ्क संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी|
7 months, 2 weeks ago |
SAARC Film Festival मा सहभागिता सम्बन्धमा।
7 months, 2 weeks ago |
राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान,२०८० को निर्णायक छनोट सम्बन्धी सूचना
9 months, 1 week ago |
बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
10 months, 2 weeks ago |
चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
10 months, 3 weeks ago |
राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८१/१२/३१)
चलचित्र विकास बोर्डको २५ औं वार्षिर्कोत्सवको अवसरमा चलचित्रका विभिन्न विधामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार प्रदान गरिने भएकाले सोका लागि निम्न शर्तहरूको अधीनमा रही सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र स्वदेशी
चलचित्रहरूको सहभागिताका
लागि यो सूचना प्रकाशित गरिएको छ ।
सर्तहरूः
(क) राष्ट्रिय
चलचित्र पुरस्कारका लागि गत वर्ष २०८१ वैशाख १ गतेदेखि २०८१ चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूको लागि आवेदन
दिन सकिनेछ।
(ख) विशेष
चलचित्रका लागि गत वर्ष २०८१ वैशाख १ गतेदेखि चैत्र मसान्तभित्र चलचित्र जाँच
समितिबाट जाँच भएका चलचित्रहरूको लागि
आवेदन दिन सकिनेछ।
(ग) आदिवासी, जनजाति तथा मातृभाषी चलचित्रका लागि २०८१ वैशाख १ गते
देखि चैत्र मसान्तभित्र चलचित्र जाँच
समितिबाट जाँच भएका चलचित्रहरू राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्नेछन्। तर,
आदिवासी जनजाति तथा मातृभाषाका चलचित्रहरु विधागत रुपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा
मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार मध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउनेछन्।विधागत रुपमा सहभागी हुने चलचित्र सार्वजनिक
प्रदर्शन भएको हुनुपर्नेछ।
(घ) सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित सम्बन्धित निर्माता वा निजले अधिकार दिएको
व्यक्ति आफै उपस्थित भई वा ई-मेल ठेगाना मार्फत आवेदन दिन सकिनेछ।
(ङ) राष्ट्रिय
एवं विशेष चलचित्र पुरस्कार तथा आदिवासी जनजाति तथा मातृभाषी चलचित्र पुरस्कारको प्रतिस्पर्धामा सहभागी हुन बोर्डबाट उपलब्ध हुने
आवेदन फाराम पूर्णरूपमा भरी पेश गर्नुपर्नेछ।
(च) आवेदन
फाराममा उल्लेख गरिएका विवरण र चलचित्रमा देखिने विधागत नाममा मेल खानु पर्नेछ।
(छ) चलचित्र
अवलोकनका लागि अवलोकन पश्चात फिर्ता हुने गरी बोर्डबाट माग गरिएको ढाँचामा चलचित्र उपलब्ध गराउनु पर्नेछ ।
(ज) आवेदन
दिइने चलचित्र कथानक हुनुपर्नेछ।
(झ) आवेदनसाथ
बोर्डबाट उपलब्ध गराईएको ढाँचामा मञ्जुरीनामा समेत संलग्न गरी पेश गर्नुपर्नेछ।
(ञ) विशेष
चलचित्रको हकमा चलचित्रको संक्षिप्त कथासार पेश गर्नु पर्नेछ।
(ट) सहभागिता
सम्बन्धी अन्य शर्तहरु दरखास्त फाराममा उल्लेख भए बमोजिम हुनेछन्।
(ठ) सहभागिता
सम्बन्धी सर्वाधिकार बोर्डमा निहित रहनेछ।
(ड) यस
सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
(ढ) यो
सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र
बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ
।
(ण) मनोनयन
दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट
डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
(त) दरखास्त फारम र आवश्यक कागजात संलग्न गरी बोर्डको अवार्डको ई-मेल ठेगाना fdbnationalaward2080@gmail.com मा पठाउन
सकिनेछ ।
(थ)
अन्य शर्तहरु दरखास्त फारममा
उल्लेख गरिए बमोजिम हुनेछ ।
विस्तृत जानकारीका लागिः
नेपाल सरकार,
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड{,
सरस्वतीनगर, चाबहिल, काठमाडौं
सम्पर्क
टेलिफोनः )!-$*@@*^)
http://www.film.gov.np
ई-मेल ठेगानाः fdbnationalaward2080@gmail.com
Application Form for National Film Award 2081
आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार आवेदन फारम 2081
विशेष चलचित्र पुरस्कार 2081 फारम
राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी मन्जुरीनामा फारम 2081