| सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सार्वजनिक सूचना
3 days, 12 hours ago |
| शोक विज्ञप्ति
5 days, 11 hours ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष २६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
5 days, 16 hours ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
1 week, 5 days ago |
| चलचित्र कथा लेखनमा रुचि राख्नेहरूका लागि सुनौलो अवसर!
2 weeks, 3 days ago |
चलचित्रकर्मी परिचय पत्र
वितरण सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८१/११/२१)
चलचित्रको माध्यमबाट राष्ट्रलाई पुर्याएको
योगदानको कदर स्वरुप स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर योगदान पुर्याएका विभिन्न
विधाका चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी श्रेणीको परिचयपत्र
वितरण गर्न लागिएको हुँदा चलचित्र विकास बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी
यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतीस) दिनभित्र बोर्डको कार्यालय वा ई-मेल ठेगाना info@film.gov.np मा आवेदन पेश गर्न "चलचित्रकर्मी परिचय पत्र
वितरण सम्बन्धी कार्यविधि,२०८१" को दफा ७ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
शर्तहरूः-
(१) विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्रका लागि स्वेदशी
चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३०(तीस) वर्ष
योगदान पुर्याएका चलचित्रकर्मीहरुले आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन दिन सक्नुहुनेछ।
(२) चलचित्रकर्मी श्रेणीको परिचयपत्रका लागि स्वदेशी
चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा २०(बीस)
वर्ष योगदान पुर्याएका चलचित्रकर्मीहरुले
आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन
दिन सक्नुहुनेछ।
(३) आवेदन साथ
निम्न कागजातहरु पेश गर्नुपर्नेछः-
(क) नेपाली नागरिकताको प्रमाणपत्रको
प्रतिलिपि,
(ख) व्यक्तिगत विवरण (बायोडाटा),
(ग) चलचित्र क्षेत्रमा गरेको योगदानका लागि
प्राप्त सम्मान, पुरस्कार आदि प्रमाणपत्रको प्रतिलिपि,
(घ) हालसालै खिचिएको पासपोर्ट साइजको रंगिन फोटो दुई
प्रति,
(४) तोकिएको अवधिभन्दा पछि प्राप्त हुने आवेदन उपर कुनै पनि
कारबाही गरिने छैन।
(५) यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ।
(६) आवेदन फारfम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड
गरी प्राप्त गर्न सकिनेछ।
(७) अन्य शर्तहरु “चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१” बमोजिम हुनेछ।
(८) यस सम्बन्धी
सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ।
(९) यस सम्बन्धमा थप कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास
बोर्डमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क
नम्बरः ०१-४८२३९३१, ईमेलः info@film.gov.np