| चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)
4 years, 2 months ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)
3 years, 11 months ago |
| Call for Young Film Mentors - 3 Day Intensive Training with Children Film Society (27 May, 2022)
4 years, 1 month ago |
| नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय माध्यमबाट निवेदन पेश गर्ने सम्बन्धी सूचना (२०७९।२।१०)
4 years, 1 month ago |
| स्टोरी बैंक (कथा संग्रहालय) २०७८ को नतिजा सम्बन्धी सूचना
4 years, 3 months ago |
समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं
प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८१/०७/२८)
समाज रुपान्तरण वा ऐतिहासिक,
सत्य एवं प्रेरणादायी घटनाक्रमहरु समेटी निर्माण हुने यथार्थपरक, मौलिक र उत्कृष्ट
चलचित्र निर्माणमा प्रोत्साहन गर्ने कार्यक्रम रहेको हुँदा चलचित्र विकास बोर्डबाट
स्वीकृत ढाँचाको आवेदन फाराम भरी यो सूचना प्रकाशित भएको मितिले ४५ (पैंतालिस) दिनभित्र बोर्डको कार्यालयमा आवेदन
पेश गर्नुहुन "समाज
रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई
प्रोत्साहन सम्बन्धी कार्यविधि,२०८१" को दफा ३ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ।
शर्त एवं पेश गर्नुपर्ने कागजातहरुः-
(१)
नेपाली नागरिकताको
प्रमाणपत्रको प्रतिलिपि।
(२)
स्क्रिप्ट नेपाली देवनागरी लिपि वा राष्ट्र
भाषामा लेखिएको हुनुपर्नेछ।चलचित्रको नाम वा शीर्षक समेत सोही भाषामा राखिएको हुनुपर्नेछ।
(३) स्क्रिप्ट (कथा, पटकथा तथा संवाद) कथानक
चलचित्रको हुनुपर्नेछ।
(४)
चलचित्रको
कथा, पटकथा र संवादको पूर्ण स्क्रिप्ट र सोको सफ्टकपी।
(५)
चलचित्रको स्क्रिप्ट प्रतिलिपि अधिकार
रजिष्ट्रारको कार्यालयमा दर्ता गरी सोको प्रमाण पेश गर्नु पर्नेछ।
(६) कुनै व्यक्ति वा संस्थासँगको कथावस्तु भए
सम्बन्धित व्यक्ति वा संस्थाको सहमति/स्वीकृति पेश गर्नुपर्नेछ।
(७) बोर्डबाट
चलचित्र निर्माण गर्न इजाजतपत्र प्रदान गरिसकेका कथाको स्क्रिप्टलाई छनोट गरिने छैन।
(८) बोर्डको
अन्य कार्यक्रममा छनोट भई प्रोत्साहन सहयोग रकमका लागि सम्झौता भएका वा प्रोत्साहन सहयोग रकम पाईसकेका चलचित्रलाई छनोट
गरिने छैन।
(९) "समाज
रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई
प्रोत्साहन सम्बन्धी कार्यविधि,२०८१" को अनुसूची -२ बमोजिमको ढाँचामा मञ्जुरीनामा सहितको प्रतिवद्धता पेश
गर्नु पर्नेछ।
(१०) तोकिएको अवधिभन्दा पछि प्राप्त हुने आवेदन उपर
कुनै पनि कारबाही गरिने छैन।
(११) यो सूचना
चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ।
(१२) आवेदन फाराम
बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड
गरी प्राप्त गर्न सकिनेछ।
(१३) अन्य शर्तहरु "समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी कार्यविधि,२०८१" बमोजिम हुनेछ।
(१४) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित
रहनेछ।
(१५) यस सम्बन्धमा थप
कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क
नम्बरः ४८१२३३८७, ईमेलः fdbnepal@gmail.com