प्रेस विज्ञप्ति: साँस्कृतिक रुपान्तरण पुरस्कार २०८० सम्बन्धमा (२०८० भाद्र ३१)
1 year, 10 months ago |
सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (दोस्रो पटक प्रकाशित सूचना मितिः २०८०।२।३२ गते)
2 years, 1 month ago |
सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (२०८०।२।२५)
2 years, 1 month ago |
चलचित्र मञ्चका लागि लेख रचनाका लागि समय थप गरिएको सम्बन्धी सूचना
2 years, 1 month ago |
बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना
2 years, 2 months ago |
प्रस्ताव आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८१/०६/१५
आदिवासी,जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र संरक्षण गर्ने तथा सोसँग सम्बन्धित चलचित्रकर्मीहरुको
दक्षता/क्षमता अभिवृद्धिका लागि आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास,
प्रवर्द्धन तथा
उत्थानमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न चाहने चलचित्रसँग
सम्बन्धित संघ/संस्थाले बोर्डबाट स्वीकृत ढाँचामा दरखास्त फारम भरी यो सूचना प्रकाशित
भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालयमा प्रस्ताव पेश गर्न आदिवासी, जनजाति,मातृभाषी
चलचित्र प्रवर्द्धन सम्बन्धी,कार्यविधि,२०८१ को दफा ५ बमोजिम सम्बन्धित सबैमा
जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको
सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ।
शर्तहरुः-
१. कार्यक्रमबाट आदिवासी,जनजाति मातृभाषी चलचित्रको विकास र प्रवर्द्धनमा पुग्न सक्ने
योगदानको विवरण,
२. कार्यक्रम गर्दा लाभान्वित हुने वर्ग वा क्षेत्र,
३. कार्यक्रममा सहभागी हुने संख्या,
४. कार्यक्रमका स्रोत व्यक्ति एवं
प्रशिक्षकको योग्यता र अनुभव,(सम्बन्धित भाषाकै स्रोत व्यक्ति/प्रशिक्षक हुनुपर्ने)
५. कार्यक्रम सञ्चालन गर्न अन्य कुनै निकाय वा संघ संस्थाबाट सहयोग प्राप्त हुने भए सोको विवरण।
६. यस अघि बोर्डको सहयोग तथा
सहकार्यमा कार्यक्रम गरेको भए त्यसले आदिवासी, जनजाति मातृभाषी चलचित्रको प्रवर्द्धन र विकासमा गरेको योगदानको
संक्षिप्त विवरण उल्लेख गर्नुपर्ने,
७. कार्यक्रम आयोजना हुने मिति र स्थान ।
८. आदिवासी जनजातिको कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित
जातजातिको मातृभाषामा कार्यक्रम सञ्चालन गर्ने गरी प्रस्ताव पेश गर्नु पर्नेछ।
९. कार्यक्रम निरन्तरता र सोको अवधि खुल्ने विवरण।
१०. विगत ३ आर्थिक वर्षमा बोर्डबाट कुनै आर्थिक सहयोग प्राप्त गरेनगरेको विस्तृत विवरण।
११. दरखास्त साथ निम्न कागजात पेश गर्नुपर्नेछः
(क) संस्था दर्ता प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि,
(ख) कर प्रयोजनको लागि दर्ता भएको
प्रमाणपत्रको प्रतिलिपि,
(ग) अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
(घ)
एकभन्दा बढी सङ्घ/संस्थाहरू संलग्न भई गर्ने कार्यक्रमको हकमा सम्बन्धित सङ्घ/संस्थाहरू बीचको सम्झौता
पत्र,
(ङ) कार्यक्रम
गर्ने सम्बन्धमा सम्बन्धित संस्थाको निर्णय,
(च) अन्य कुनै निकायबाट स्वीकृत लिनुपर्ने भएमा सो लिएको प्रमाणपत्र,
(छ) कार्यक्रमको
उद्देश्य, लक्ष्य र उपलब्धी स्पष्ट
खुलाईएको लिखित प्रस्ताव।
(ज) कार्यक्रम खर्चको प्रत्येक शीर्षक सहितको लागत अनुमान।
१२. प्रस्ताव स्वीकृत गर्ने,आशिक स्वीकृत गर्ने वा कुनै कारण नजनाई अस्वीकृत गर्नै
सम्पूर्ण अधिकार यस बोर्डमा निहित रहने छ ।
१३. प्रस्ताव सम्बन्धि कागजातको प्रत्येक पानामा प्रस्तावदाताले दस्तखत गरी
फर्मको छाप लगाउनुपर्ने छ।
१४ रीत नपुगी र म्याद नाघी आएको
प्रस्ताव उपर कुनै कारवाही हुनेछैन।
१५. यो सूचना चलचित्र विकास बोर्डको सूचना पाटीमा र वेवसाइट www.film.gov.np मा पनि हेर्न सकिने छ।