| चलचित्र निर्माता, प्रदर्शक तथा वितरकहरूका लागि जरुरी सूचना (दोस्रो पटक)
1 year, 1 month ago |
| बालचलचित्र महोत्सवमा सहभागिता सम्बन्धी सूचना
1 year, 1 month ago |
| चलचित्र निर्माता, प्रदर्शक तथा वितरकहरूका लागि जरुरी सूचना
1 year, 1 month ago |
| नेपाली चलचित्र क्षेत्रका पुस्तक र चलचित्र स्क्रिप्ट (पटकथा) उपलब्ध गराउने सम्बन्धी सूचना
1 year, 1 month ago |
| २५ औं वार्षिकोत्सव अवसरमा सम्मान कार्यक्रमको लागि सूचना
1 year, 2 months ago |
बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८१/०२/१६)
चलचित्र विकास बोर्डले कैलाली जिल्लाको धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हुँदा सो महोत्सवमा बालबालिकासँग सम्बन्धित शिक्षामूलक, सन्देशमूलक चलचित्रहरुको प्रदर्शनी गरिने कार्यक्रम रहेको हुँदा निम्न शर्तहरुको अधिनमा रही निःशुल्क सार्वजनिक प्रदर्शनका लागि स्वदेशी चलचित्रहरूको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सर्तहरूः
१. चलचित्र निर्माताले मिति २०८१।२।२५ गतेभित्र सहभागितका लागि चलचित्र विकास बोर्डमा निवेदन दिनु पर्नेछ । निवेदन साथ चलचित्र जाँच प्रमाणको पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
२. चलचित्र बालबिलकासँग सम्बन्धित शिक्षामूलक, सन्देशमूलक कथानक, लघु र वृत्तचित्र हुनुपर्नेछ ।
३. सहभागितका लागि डिजिटल फर्म्याट (Digital Format- Compressed Formats File [H.264 (MPEG-4), MPEG-2; Container: *.mp4, *.mkv, *.m2ts] को एक प्रति External Hard Disk वा Pen Drive (पछि फिर्ता हुने गरी ) यस बोर्डमा उपलब्ध गराउनु पर्नेछ ।
४. महोत्सवमा छनोट भई प्रदर्शन भएका चलचित्रलाई प्रोत्साहन स्वरुप बोर्डले तोके बमोजिमको रकम उपलब्ध गराउन सकिनेछ ।
५. तोकिएको समयभन्दा पछि प्राप्त हुने निवेदन उपर कुनै कारबाही गरिने छैन ।
६. चलचित्र छनोट,प्रदर्शन सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
७. यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
८. यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
९. चलचित्र छनोट प्रक्रिया,प्रदर्शन सम्बन्धी लगायतका व्यवस्था वा अन्य सर्तहरु बोर्डले तोके बमोजिम बमोजिम हुनेछ ।
विस्तृत जानकारीका लागिः
नेपाल सरकार,
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड,
सरस्वतीनगर, चाबहिल, काठमाडौं
सम्पर्क टेलिफोनः ०१–४८१२३८७
http://www.film.gov.np