| १ महिने भिडियोग्राफी एवम् फोटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न
8 months, 3 weeks ago |
| डल्वीबाट प्रमाणित म्युजिक नेपाल अडियो भिजुअलको "सगरमाथा Atmos Mix Stage" समुद्घाटन
8 months, 3 weeks ago |
| चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न, २७ सिनेमा हल सहभागी
9 months ago |
| चलचित्र विकास बोर्डबाट १५ समिति गठन, परिचयपत्र वितरण सम्पन्न
9 months, 1 week ago |
| चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु
9 months, 4 weeks ago |
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि चलचित्र विकास बोर्डले आकस्मिक बैठक बसेर पाँच महत्वपूर्ण निर्णय गरेको छ।
बिहीबार बिहान ११ बजे बोर्ड अध्यक्ष दिनेशराज दाहाल (दिनेश डी.सी.) को अध्यक्षतामा बसेको बैठकले बाढीबाट प्रभावित चलचित्रकर्मीको तत्काल विवरण संकलन गर्ने, आवश्यक राहत उपलब्ध गराउन पहल गर्ने तथा चलचित्र क्षेत्रलाई विपद् सहयोग अभियानमा परिचालन गर्ने निर्णय गरेको हो।
बोर्डले बाढीबाट जनधनको क्षति व्यहोरेका चलचित्रकर्मीहरूको विवरण एकीकृत गरी चलचित्र विकास बोर्डमा उपलब्ध गराउन चलचित्रकर्मीका पेशागत संघ/संस्था तथा सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ।
प्रभावित चलचित्रकर्मीलाई सहयोग गर्न चलचित्रकर्मी कल्याणकारी कोषको अवस्था हेरी राहत उपलब्ध गराउने पहल समेत गरिने भएको छ।
त्यस्तै, बाढीपीडितको सहयोगार्थ च्यारिटी शो आयोजना गर्न चलचित्रकर्मी संघ/संस्थालाई चलचित्र उपलब्ध गराउने र च्यारिटी शोबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गर्ने निर्णय गरिएको छ।
विपद्को संवेदनशील घडीमा अनावश्यक भ्रम, त्रास तथा तथ्यहीन सूचना फैलिन सक्ने भन्दै बोर्डले चलचित्र क्षेत्रका संघ/संस्थालाई संयमता अपनाउन, उद्धार तथा राहतमा हातेमालो गर्न र जनचेतनामूलक सामग्री निर्माण तथा प्रचार–प्रसार गर्न समेत आग्रह गर्ने भएको छ।
यसैबीच, बोर्ड अध्यक्ष दिनेश डी.सी.ले आफ्नो आधा महिनाको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी सहयोग गर्ने निर्णय गरेका छन्।
भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीपछि उत्पन्न परिस्थितिलाई लिएर चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रबाट संगठित रूपमा राहत, सहयोग र सचेतना अभियान अघि बढाउने संकेत गरेको छ।
