| १ महिने भिडियोग्राफी एवम् फोटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न
8 months, 1 week ago |
| डल्वीबाट प्रमाणित म्युजिक नेपाल अडियो भिजुअलको "सगरमाथा Atmos Mix Stage" समुद्घाटन
8 months, 2 weeks ago |
| चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न, २७ सिनेमा हल सहभागी
8 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डबाट १५ समिति गठन, परिचयपत्र वितरण सम्पन्न
9 months ago |
| चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु
9 months, 2 weeks ago |
काठमाडौं । चलचित्र विकास बोर्डले २६औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पशुपति क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण कार्यक्रम गरेको छ ।
बोर्डको आयोजना तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, एमडी ३२५ नेपालको सहकार्यमा शनिबार बिहान कार्यक्रम आयोजना गरिएको हो । वातावरण संरक्षण, पर्यावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बोर्डले जनाएको छ ।
नेपाल सरकारले सञ्चालन गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’लाई साथ दिँदै बोर्डले उक्त कार्यक्रम गरेको हो । स्वच्छ वातावरणको मौलिक हक, वातावरणीय सन्तुलनसम्बन्धी राज्यको नीति तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने नेपालको प्रतिबद्धतालाई स्मरण गराउँदै चलचित्रकर्मीबाट वृक्षारोपण कार्यक्रम गरिएको छ ।
कार्यक्रम चलचित्र ‘लालीबजार’की बाल कलाकार समाइरा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशभरका १० वटा सिनेमा हलमा आजै ५१ दिन मनाउन सफल भएको अवसरमा उक्त चलचित्रकी बाल कलाकार थापालाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको हो ।
विशिष्ट कलाकारद्वय मिथिला शर्मा, गौरी मल्ल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बालकलाकार थापासँगै बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोर्ड सदस्य तथा प्रवक्ता सन्तोष बाबु लोहनी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, वरिष्ठ कलाकार रविन्द्र खड्का, कलाकारहरू पूजना प्रधान, मोनिका दाहाल, संगम लभली, रविन्द्र सिंह बानियाँ लगायत सहभागी थिए ।
त्यस्तै चलचित्र संघका पूर्वअध्यक्ष प्रदीप कुमार उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, महासंघअन्तर्गतका १४ जातीय चलचित्र संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
निर्देशक समाजका उपाध्यक्ष सुभाष गजुरेल, संगीतकार मिलन मोक्तान, नेपाल गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा, चलचित्र निर्देशक प्रदीप भट्टराई, निर्देशक साकार पन्तसहित चलचित्रकर्मी र पर्यावरणप्रेमीहरूको सहभागिता रहेको थियो ।
बोर्डले वार्षिकोत्सवलाई औपचारिक कार्यक्रममै सीमित नराखी वातावरण संरक्षणसँग जोडिएको सामाजिक अभियानका रूपमा अघि बढाइएको जनाएको छ । सहभागी चलचित्रकर्मीहरूले चलचित्र क्षेत्रले कला, संस्कृति र मनोरञ्जनसँगै सामाजिक तथा पर्यावरणीय दायित्वमा पनि सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।


