| चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी
3 months ago |
| चलचित्र विकास बोर्डको संग्रहालयका लागि १७१ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण
3 months, 1 week ago |
| चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने बोर्डको निर्णय, आवेदन खुला
3 months, 1 week ago |
| चलचित्र कथा–लेखन कार्यशालाको तेस्रो संस्करण सम्पन्न, ७५ मध्ये १० उत्कृष्टलाई उन्नत पटकथा तालिम
3 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ प्रशिक्षण सम्पन्न, २२ प्रशिक्षार्थी सहभागी
3 months, 2 weeks ago |
ललितपुर। लिम्बू समुदायको मौलिक कथा, मुन्धुम, संस्कृति र जीवनदर्शनलाई चलचित्रको भाषासँग जोड्दै “लिम्बू चलचित्र निर्माण तथा बजार सम्भाव्यता अध्ययन कार्यशाला” सम्पन्न भएको छ।
चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा सहकार्यमा याक्थुङ मुन्चइत चोक सयङ संघीय समितिद्वारा आयोजित कार्यशाला चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा २०८३ जेठ ३१ गते ललितपुरस्थित दरबार रेट्रो पार्टी प्यालेसमा समापन गरिएको हो।
जेठ २५ गतेदेखि सञ्चालन भएको एक हप्ते कार्यशालाको समापनसँगै आयोजित “लिम्बू चलचित्र विमर्श” कार्यक्रममा लिम्बू चलचित्रको मौलिक कथ्य, निर्माण प्रक्रिया, अभिनय पद्धति, प्राविधिक गुणस्तर, प्रदर्शन, प्रवर्द्धन तथा बजार विस्तारका विषयमा सरोकारवालाबीच छलफल भएको थियो।
कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासङ्घ, आदिवासी जनजाति चलचित्र महासङ्घ, किरात याक्थुङ चुम्लुङ तथा चलचित्रसम्बद्ध विभिन्न पेसागत संघ–संस्थाका प्रतिनिधि, चलचित्रकर्मी, प्रशिक्षक र सहभागीहरूको उपस्थिति थियो।
समापन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपालका विभिन्न भाषा, संस्कृति र समुदायभित्र रहेका मौलिक कथा राष्ट्रिय चलचित्र क्षेत्रका महत्त्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। मातृभाषी तथा समुदायमा आधारित चलचित्रको गुणस्तरीय निर्माण, प्रवर्द्धन र बजार विस्तारका लागि अध्ययन, प्रशिक्षण तथा संस्थागत सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यशालामा मुन्धुमविद् डीबी आङबुङले मुन्धुम र याक्थुङ सभ्यताको सम्बन्ध, मुन्धुमको कथ्य संरचना, पात्र निर्माण, सांस्कृतिक प्रतीक, मौखिक परम्परा तथा मुन्धुममा अभिनयकलाको अभ्याससम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।
त्यसैगरी, चलचित्र निर्देशक तथा प्रशिक्षक नवीन सुब्बाले लिम्बू कथा र कथ्य संरचना, मुन्धुमी कथन शैली, पूर्वीय तथा पश्चिमी कथन एवं अभिनय पद्धतिको तुलना र लिम्बू अभिनयको विशिष्टताका विषयमा प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा लिम्बू समुदायभित्र रहेका मौलिक कथा, मिथक, पात्र, संस्कार र सामुदायिक अनुभवलाई पटकथा, दृश्य संरचना, पात्र निर्माण तथा अभिनयका माध्यमबाट चलचित्रमा रूपान्तरण गर्ने विषयमा प्रस्तुति, अभ्यास र अन्तरक्रिया गरिएको थियो।
कार्यशालामा लेखक, निर्देशक, निर्माता, कलाकार, छायाकार, सम्पादक, गायक तथा चलचित्र अध्ययन र अनुसन्धानमा संलग्न विभिन्न जिल्लाका ३७ जना सहभागी रहेका थिए।
आयोजकका अनुसार कार्यशालाले लिम्बू समुदायका मौलिक कथा र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै तिनलाई आधुनिक चलचित्र निर्माण तथा बजार प्रणालीसँग जोड्न आवश्यक ज्ञान, सीप र साझा दृष्टिकोण निर्माण गर्न सहयोग पुर्याएको छ।


