| ‘ओल्ड इज गोल्ड’मा उर्लियो भीड : ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल, भोलि ‘के घर के डेरा’ र ‘मनको बाँध’
3 months, 1 week ago |
| ‘आमा’का चार कलाकारसँगै ‘ओल्ड इज गोल्ड’को सुरुवात, अब हरेक महिना ऐतिहासिक फिल्मको विशेष शो
3 months, 1 week ago |
| चलचित्र विकास बोर्डमा ‘ओल्ड इज गोल्ड’, १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन हुने
3 months, 2 weeks ago |
| ३५ पत्रकार प्रशिक्षार्थी दीक्षित, चलचित्र क्षेत्रका दुई अग्रज व्यक्तित्व सम्मानित
3 months, 2 weeks ago |
| एभरेस्ट फिल्म फेस्टिभलमा १० हजार डलर पुरस्कार, ‘एन्जिला’ उत्कृष्ट चलचित्र
3 months, 3 weeks ago |
शिव श्रेष्ठ फाउन्डेशनको आयोजनामा, चलचित्र विकास बोर्डको सहकार्यमा र लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्ष अघि प्रकाश थापा द्वारा निर्देशित ‘जीवनरेखा’ , जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरियो। यस्का लागि डिजिटल सिनेमा नेपाल (डीसीएन ) को पनि सहयोग रहेको थियो।
नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरु गर्ने तयारीको स्याम्पल टेस्ट शिव श्रेष्ठ फाउन्डेशनसंग मिलेर गरेको छ।
यस अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने बोर्डले जनाएको छ। बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड चलचित्र डिजिटाइज गरिसकेको छ भने ऐतिहासिक, अभिलेखीय महत्वका तथा साहित्यिक कृतिमा आधारित थप १० चलचित्र डिजिटाइज गर्ने तयारी भइरहेको छ।
बोर्डका अनुसार यो अभियान पुराना चलचित्रलाई अभिलेखमा मात्र सीमित नराखी दर्शकमाझ पुर्याउने प्रयास हो। पुरानो पुस्ताले हेरेका र सम्झनामा राखेका चलचित्रलाई नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने उद्देश्य कार्यक्रमको केन्द्रमा छ।
कार्यक्रममा विशिष्ट कलाकार नीर शाह, बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार आकाश अधिकारी, नायक शिव श्रेष्ठ, पुर्व वोर्ड सदस्य एवं चलचित्रकर्मी रवी अधिकारी, हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठ, चलचित्रकर्मी चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ र कलाकार दीपक अधिकारी लगायत दर्शकहरुको उल्लेख्य उपस्थिति थियो।
जीवन रेखामा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के,प्रकाश थापा,अर्जुनजंग शाही, वसुन्धरा भुषाल , गोपालराज मैनाली, हरिवंश आचार्य आदिको अभिनय रहेको छ।








