badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

11 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

11 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

11 months, 1 week ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

11 months, 1 week ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

11 months, 2 weeks ago

१० महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गर्दै महिला चलचित्र महोत्सव सम्पन्न

2 days, 18 hours ago| Published: April 3, 2026, 3:51 p.m. | Views: 345

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका १० जना महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको थियो। कार्यक्रम २०८२ चैत २० गते शुक्रबार चलचित्र विकास बोर्ड हलमा सम्पन्न भएको हो।
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी  सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भइन्। विशेष अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व बसुन्धरा भुसाल र चैत्यदेवी सिंह को उपस्थिति रहेको थियो। त्यस्तै चलचित्र विकास बोर्डका पदाधिकारी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरू, चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि र प्रमुख अतिथिबाट नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानित हुने १० महिला चलचित्रकर्मीमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ रहेका थिए।

समापन समारोहको अर्को विशेष आकर्षण सांगीतिक प्रस्तुति रह्यो। महिला कलाकारद्वारा नेपाली नौमति बाजासहित कार्यक्रमलाई अझ उल्लासमय बनाइएको थियो। सो अवसरमा देविका बन्दना, बिन्दु परियार, समीक्षा दाहाल लगायतका कलाकारहरूले गीत प्रस्तुत गर्दै समारोहलाई सांगीतिक उचाइ दिएका थिए। सम्मान, संस्कृति र संगीत एकै मञ्चमा मिसिएको यो दृश्यले कार्यक्रमलाई अझ भावुक, जीवन्त र स्मरणीय बनाएको थियो।

यसैबीच, कार्यक्रममा चलचित्र ‘कुमारी’ का कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो। यसले महोत्सवलाई केवल सम्मान समारोहमा सीमित नराखी, नेपाली चलचित्रको कलात्मक र सांस्कृतिक विरासतसँग जोडिएको बहुआयामिक उत्सवका रूपमा स्थापित गरेको देखियो।

कार्यक्रमको अन्त्यमा सम्मानित व्यक्तित्वको तर्फबाट मन्तव्य, प्रमुख अतिथि लक्ष्मीकुमारी बस्नेतको सम्बोधन तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. द्वारा धन्यवाद ज्ञापन गरिएको थियो। साथै अध्यक्ष दिनेश डी.सी.ले प्रमुख अतिथिलाई सम्झनाको चिनो प्रदान गरेका थिए।

महिला चलचित्र महोत्सवको समापनले एउटा स्पष्ट सन्देश दिएको छ— नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदान अब केवल स्मरण गर्ने विषय होइन, संस्थागत रूपमा सम्मान गर्ने आधार बनिसकेको छ। अभिनय, गायन, पत्रकारिता, निर्माण, सिर्जना र सांस्कृतिक नेतृत्वका अनेक आयाममा महिलाले पुर्‍याएको योगदानलाई राज्यस्तरबाट गरिएको यो सम्मानले नेपाली चलचित्र उद्योगलाई अझ समावेशी, सभ्य र प्रेरणादायी दिशातर्फ अघि बढाएको अनुभूति गराएको छ।