| चलचित्र विकास बोर्डद्वारा ९३ प्रतिशत बेरुजु फर्छ्योट, सुशासन र पारदर्शिता प्राथमिकतामा
11 months, 3 weeks ago |
| चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट सहयोग
11 months, 3 weeks ago |
| चलचित्र विकास बोर्डद्वारा शकुन्तला शर्मालाई आर्थिक सहयोग
12 months ago |
| चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव सम्पन्न
12 months ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा "थारू चलचित्र तथा सांस्कृतिक महोत्सव" सम्पन्न
1 year ago |
चलचित्र विकास बोर्डद्वारा प्रोस्थेटिक मेकअप तालिम सुरु
काठमाडौं — नेपाली चलचित्र क्षेत्रमा विशेष मेकअप (प्रोस्थेटिक मेकअप) सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको “प्रोस्थेटिक मेकअप ट्रेनिङ” आजबाट औपचारिक रूपमा सुरु भएको छ।
प्रख्यात मेकअप विशेषज्ञ अयाज शेखको प्रशिक्षणमा सञ्चालन हुने उक्त तालिम २०८२ साल चैत १२ गतेदेखि १७ गतेसम्म चल्नेछ।
तालिमको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका हुन्। उद्घाटन कार्यक्रममा बरिष्ठ सिनेमाटोग्राफर प्रमोद प्रधान र पुरुषोत्तम प्रधानको समेत उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक पक्ष सुदृढ हुनु अपरिहार्य रहेको बताए। उनले प्रोस्थेटिक मेकअप जस्तो विशेष प्रविधिले चलचित्रमा चरित्र निर्माणलाई यथार्थपरक र प्रभावकारी बनाउने उल्लेख गर्दै यस्ता तालिमहरूले नेपाली चलचित्रको गुणस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
चलचित्र निर्माणमा चरित्रको गहिरो प्रस्तुतिका लागि अत्यन्त आवश्यक मानिने प्रोस्थेटिक मेकअप प्रविधि नेपालमा अझै सीमित प्रयोगमा रहेको सन्दर्भमा, यस तालिमले सो क्षेत्रमा नयाँ दक्ष जनशक्ति उत्पादन गर्ने अपेक्षा गरिएको छ।
तालिममा सहभागीहरूले कृत्रिम अंग निर्माण, अनुहारको संरचना परिवर्तन, घाउ–चोट तथा विशेष दृश्यका लागि आवश्यक मेकअप प्रविधिहरू सम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञान हासिल गर्नेछन्।
चलचित्र विकास बोर्डले यस्ता सीपमूलक तालिममार्फत नेपाली चलचित्र उद्योगलाई प्राविधिक रूपमा सबल बनाउने तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उभ्याउने लक्ष्य लिएको जनाएको छ।






