| चलचित्र विकास बोर्डद्वारा आर्थिक सहायता हस्तान्तरण
1 year ago |
| चलचित्र विकास बोर्डद्वारा ९३ प्रतिशत बेरुजु फर्छ्योट, सुशासन र पारदर्शिता प्राथमिकतामा
1 year ago |
| चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट सहयोग
1 year ago |
| चलचित्र विकास बोर्डद्वारा शकुन्तला शर्मालाई आर्थिक सहयोग
1 year, 1 month ago |
| चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव सम्पन्न
1 year, 1 month ago |
चलचित्र विकास बोर्डको सहयोगमा निर्माणाधिन तामाङ चलचित्र ‘उर्गेन’ शुभ मुहुर्त
काठमाडौं — तामाङ भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तामाङ चलचित्र ‘उर्गेन’को शुभारम्भ गरिएको छ।
चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको शुभमुहूर्त गरेको हो।
बोर्डको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यसहित तामाङ चलचित्र संघलाई रु. ३ लाख ४५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ।
कार्यक्रममा बोल्दै वक्ताहरूले मातृभाषामा आधारित चलचित्रले समुदायको मौलिक संस्कृति संरक्षणसँगै पहिचानलाई बलियो बनाउने बताएका थिए।
‘उर्गेन’ चलचित्रले तामाङ समुदायको जीवनशैली, भाषा र सांस्कृतिक पक्षलाई समेट्ने अपेक्षा गरिएको छ। साथै, यस्ता चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्र थप विविध र समावेशी बन्ने विश्वास लिइएको छ।




