| साप्ताहिक बक्स अफिस रिपोर्ट (कार्तिक ८, शनिबार राति ११:५९ सम्म)
10 months, 4 weeks ago |
| किर्तिपुरमा सिनेप्लेक्स हल–२ उद्घाटन, चलचित्र विकास बोर्डद्वारा विशेष प्याकेज घोषणा
1 year ago |
| चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम २०८२
1 year ago |
| चलचित्र विकास बोर्डद्वारा २५ जनालाई ड्रोन दक्षता प्रमाणपत्र र २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
1 year, 1 month ago |
| चलचित्र विकास बोर्डद्वारा आर्थिक सहायता हस्तान्तरण
1 year, 2 months ago |
चलचित्र विकास बोर्डमा २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु
काठमाडौं — चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने तथा सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। बोर्डको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त तालिम २०८२ साल चैत्र १ गतेदेखि प्रारम्भ भएको हो।
बोर्डले कर्मचारीहरूको सीप, दक्षता तथा कार्यक्षमतामा सुधार ल्याउने लक्ष्यसहित तालिमका लागि आवश्यक बजेटसमेत विनियोजन गरेको जनाएको छ। तालिममार्फत कार्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै आधुनिक कार्यशैली र प्रविधिसँग कर्मचारीहरूलाई अभ्यस्त गराउने उद्देश्य राखिएको छ।
तालिममा टिप्पणी लेखन, वैज्ञानिक फाइलिङ प्रक्रिया, बैठक व्यवस्थापन, प्रतिवेदन लेखन, अवधारणापत्र तथा कार्यशर्त (ToR) तयारी, प्रभावकारी प्रस्तुतीकरण, व्यावसायिक व्यवहार, स्व–व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा पत्र लेखन लगायतका विषय समेटिएका छन्।
उक्त तालिमका प्रशिक्षकका रूपमा प्रमोद निरौला, शितल मोक्तान तामाङ र उत्तम आचार्य रहनेछन्। यस तालिमले कर्मचारीहरूको व्यक्तिगत दक्षता अभिवृद्धि हुनुका साथै समग्र रूपमा चलचित्र विकास बोर्डको कार्यसम्पादनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।



