badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 week, 5 days ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

3 weeks, 6 days ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

4 weeks ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

4 weeks, 1 day ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 month ago

चलचित्र कथा–लेखन कार्यशालाको तेस्रो संस्करण सम्पन्न, ७५ मध्ये १० उत्कृष्टलाई उन्नत पटकथा तालिम

6 months, 1 week ago| Published: March 1, 2026, 4:51 p.m. | Views: 4998

चलचित्र कथा–लेखन कार्यशालाको तेस्रो संस्करण सम्पन्न, ७५ मध्ये १० उत्कृष्टलाई उन्नत पटकथा तालिम


काठमाडौँ। नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्ड को सहयोगमा सञ्चालन गरिएको “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” को तेस्रो तथा अन्तिम संस्करण फागुन १६ गते सम्पन्न भएको छ। नेपाल फिल्म क्याम्पसमा आयोजित उक्त कार्यशालामा कथा लेखनमा रुचि भएका २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।


कार्यक्रममा भारतको फिल्म एंड टेलिभिजन इन्स्टीच्युट अफ इंडिया बाट पोस्ट–ग्राजुएट गरी हाल नेपाल फिल्म क्याम्पसमा फिल्म निर्देशन विभाग प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उनले चलचित्र कथा विज्ञान, कथाको संरचना, चरित्र निर्माण, द्वन्द्व विकास र कथा लेखन प्रक्रियाका आधारभूत सिद्धान्तबारे प्रशिक्षण दिएका थिए।


त्यसैगरी, पटकथा लेखक तथा फिल्म पत्रकार सामिप्यराज तिमिल्सिनाले “नेपाली चलचित्रमा कथा” शीर्षकमा विशेष सत्र सञ्चालन गर्दै नेपाली चलचित्रको कथागत प्रवृत्ति, बजारको आवश्यकता र मौलिक विषयवस्तुको महत्त्वबारे प्रस्तुति दिएका थिए।


तीन संस्करणमा सम्पन्न यस कार्यशालामा कुल ७५ जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीमध्ये उत्कृष्ट कथा लेखन क्षमता देखाउने १० जनालाई छनोट गरी आगामी दिनमा विशेष पटकथा लेखन सम्बन्धी उन्नत कार्यशाला सञ्चालन गरिने नेपाल फिल्म क्याम्पसले जानकारी दिएको छ।


आयोजकका अनुसार नयाँ पुस्ताका सृजनशील लेखकहरू उत्पादन गर्दै नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय कथाको अभाव पूर्ति गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको हो। यस्तो कार्यक्रमले चलचित्र क्षेत्रमा कथाको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।