badapatra


सिनेपा : स्टुडियो निर्माण आरम्भ उदघोष समारोह सम्पन्न

11 months ago

चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि २ दिने कार्यशाला सम्पन्न

11 months ago

चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

11 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

11 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

11 months, 1 week ago

चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष अन्र्तगत घोडचढी तालिम सम्पन्न

1 month, 3 weeks ago| Published: Feb. 14, 2026, 10:42 a.m. | Views: 2380


भक्तपुरस्थित घोडा प्रशिक्षण केन्द्रमा सात दिनसम्म सञ्चालन गरिएको चलचित्रकर्मी कलाकार लक्षित विशेष घोडचढी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड ले घोषणा गरेको “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२” अन्तर्गत आयोजित यो कार्यक्रम ७ दिनसम्म दैनिक  ३ सिफ्टमा  सञ्चालन गरिएको थियो, जसमा ७ जना प्रशिक्षक र ७ वटा घोडाको व्यवस्थासहित व्यवस्थित प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको शुभारम्भ  मोहन निरौला ले सहभागीलाई  परिचयपत्र तथा टोपी प्रदान गर्दै  गरेका थिए भने बोर्ड अध्यक्ष दिनेश डिसीले स्वयं घोडा चढेर तालिमको औपचारिक उद्घाटन गरेका थिए।

ऐतिहासिक, पौराणिक तथा युद्धप्रधान कथावस्तुमा घोडचढी अनिवार्य तत्व हुने भएकाले कलाकारहरूलाई सुरक्षित र व्यावसायिक अभ्यासमार्फत दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बोर्डले जनाएको छ। सहभागी कलाकारहरूले घोडचढी, सन्तुलन, स्टन्ट सुरक्षा तथा शारीरिक अनुशासन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्।

तालिमका सहभागीहरु

विजय बराल (पूर्ण बहादुरको सारङ्गी, जारी, कबड्डी चलचित्रका सम्पुर्ण श्रृंखला, जारी २, बरिष्ठ बलराम, जनै हरायको मान्छे, यो मन त मेरो नेपाली हो, राजागञ्ज, एन्जिला, लाज शरणम्, बेहुली फ्रम मेघौली, ह्यारी कि प्यारी, डिग्री माइला, अगस्ते, दिमाख खराब, मालती मंगले लगायत),

कविता नेपाली (एक्लो, प्रेम संसार लगायत),

विशाल पहाडी (पञ्चायत, राम कहानी, सानो मन, चपली हाईट ३, लप्पन छप्न २, नालापानी, अन्तिम संस्कार, नाङ्गो गाउँ, भस्मेडन, हात्ती छाप, ह्वस्व दीर्घ, पिताम्बर, गोबर गणेश लगायत १०० भन्दा बढी चलचित्र), 

सरिता भारती ९परिर्वतन सिग्रेट, सनराईज द डटर लगायत चलचित्रकी अभिनेत्री सहित चलचित्र पत्रकार एवं गायीका

 गोपाल ढकाल (छन्दे) (सावधान, दाइको ससुराली, देशदेखि विदेश, पर्खी बसे, दानवीर, जंगवाज, पहिलो पहिलो माया, ईशारा, छ एकान छ, पोई पर्यो काले, छक्का पन्जा ५ लगायत), 


एवन उप्रेती (महाजात्रा, अन्तिम संस्कार, एक्लो लगायत),

श्रीदेव भट्टराई (भाईमारा, नयाँ पीढी, छल, बिरानो माया, सुकुलगुण्डा, ढुंगे युग, चिठी लगायत,)

दिनेश खड्का (धन्दागीरी, वेलकम टु हेम्जाकोट, कोशेढुंगा लगायत), 

नाजिर हुसेन (पुण्टे परेड, होस्टेल रिटर्न्स, वीर विक्रम, गाँठो, तिमीसँग, गरुड पुराण, राज्जा रानी, वीर विक्रम २, अगस्त्य, गुन्यु चोलो), 

अरुण बहादुर स्याङ्तान ‘लामा’ (चार मातृभाषी चलचित्र), तथा रमेशचन्द्र सोडारी (नरसिंहा लगायत) सहितको सहभागिता रहेको थियो।

अन्तर्राष्ट्रिय फिल्म उद्योगमा यस्ता तालिम दीर्घकालीन तयारीको अभिन्न अंग मानिन्छ। विदेशमा अभिनयको पाठ्यक्रममा सहायक अभिनय क्षमता अभिवृद्धिको लागि घोडाचढि, पौडी, गाडी, बाईक, नृत्य र द्धन्द समेत पढाई हुने गर्छ भने नेपालमा केहि समय पहिले केहि फिल्मकलेजले यस्ता अध्ययनको प्राक्टीकलको रुपमा सुरु समेत गरेका थिए भने विविध कारणले रोकिएको छ  । यही अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै नेपाली चलचित्रकर्मीलाई प्रतिस्पर्धी र सुरक्षित बनाउने लक्ष्य बोर्डले अघि सारेको जनाएको छ।


अध्यक्ष डिसीले सीप विकासलाई दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। सीमित बजेटभित्र, स्पष्ट उद्देश्यसहित सञ्चालन गरिएको तालिमले भविष्यमा दुर्घटना न्यूनीकरण, स्टन्ट सुरक्षा सुदृढीकरण तथा गुणस्तरीय दृश्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। सहभागी कलाकारहरूले “आज सिकेको सीप भोलिको सुरक्षित र प्रतिस्पर्धी नेपाली सिनेमा निर्माणको आधार हो” भन्दै घोडचढी तालिमले आफूहरूलाई ऐतिहासिक र एक्शनप्रधान चलचित्रमा विश्वसनीय रूपमा प्रस्तुत हुन आत्मविश्वास दिएको बताएका छन्। यसअघि भारतबाट प्रशिक्षक ल्याई डल्वी एटमस साउण्ड मिक्सीगं तालीम सम्पन्न गरेको बोर्डले छिटै विदेशी प्रशिक्षकको साथ, लाईट –ग्याफर तालीम, प्रोस्थेटिक मेकअप तालिम, साउण्ड डवीगं तालिम र ड्रोन अपरेटर तालिम समेत सञ्चालन गर्दैछ । यी सबै तालिमहरु हाल सिनेमा क्षेत्रमा संम्बन्धीत विधामा सकृय चलचित्रकर्मिको दक्षता अभिवृद्धि गर्ने उद्येश्यसहित चलचित्र संग संवन्धीत संस्थासँगको सहकार्यमा बोर्डले आयोजना गर्ने छ ।

दक्षता अभिवृद्धि वर्ष अन्तर्गत सञ्चालन भइरहेका अन्य ध्वनि, छायांकन, पटकथा तथा डिजिटल प्रविधिसम्बन्धी कार्यक्रमसँगै यो पहलले नेपाली चलचित्र उद्योगलाई व्यावसायिकता र विश्वस्तरीय अभ्यासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।