| नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘AAFF 2026’ घोषणा
3 months, 2 weeks ago |
| सुनुवार चलचित्रकर्मीको ७ दिने चलचित्र निर्देशन कार्यशाला सम्पन्न ।
3 months, 2 weeks ago |
| मुन्धुमदेखि चलचित्र बजारसम्मको विमर्श गर्दै लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न
3 months, 3 weeks ago |
| चलचित्र समीक्षा र पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न
3 months, 3 weeks ago |
| छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ सम्पन्न
4 months ago |
सिट क्षमता १०१ रहेको किर्तिपुर सिनेप्लेक्स हल–२ आज एक विशेष समारोहका बीच चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डिसीज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ।
उक्त अवसरमा अध्यक्ष डिसीज्यूले हाल देशभर १६८ वटा सिनेमा हल सञ्चालनमा रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्रै यस संख्या २०० भन्दा माथि पुर्याउने लक्ष्य बोर्डले लिएको जानकारी दिनुभयो। उहाँले पुराना बन्द भएका हल पुनः सञ्चालनमा ल्याउने, सिनेमा हल नभएका जिल्ला वा शहरमा नयाँ हल खोल्न इच्छुकलाई प्रोत्साहन गर्ने तथा विद्यमान हलहरूको स्तरोन्नति गर्न चाहनेलाई विशेष सुविधा उपलब्ध गराउने योजनाबारे जानकारी दिनुभयो।
सिनेमा क्षेत्रलाई सांस्कृतिक मात्र नभई आर्थिक दृष्टिले समेत महत्त्वपूर्ण मान्दै अध्यक्ष डिसीज्यूले हाल भइरहेको लगानी विस्तारले रोजगारी सिर्जना र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित चलचित्र संघका अध्यक्ष एवम् हल सञ्चालक श्री नरेन्द्र महर्जनज्यूले किर्तिपुर सिनेप्लेक्स हल–२ को शुभारम्भ व्यापारिक दृष्टिले मात्र नभई नेपाली चलचित्र उद्योगको समग्र विकासका लागि महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो।
