| ७ दिवसीय छायाङ्कन कार्यशाला गोष्ठी सम्पन्न
2 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डद्वारा १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण
10 months, 3 weeks ago |
| राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८२ सम्पन्न
1 year, 1 month ago |
| राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान सम्बन्धी विवरण
1 year, 7 months ago |
| चलचित्र विकास बोर्डका कर्मचारीहरूको क्षमता अभिवृद्धिको उद्देश्यले आयोजित *Skill Development Training" सम्पन्न भएको छ|
None |
बालबालिकाका लागि बोर्डको पहिलो कार्यशाला "मेरो कथा मेरो चलचित्र" सम्पन्न
काठमाडौं । चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशको शीतगंगा नगरपालिका ८ सातमारामा, अर्घाखाँचीमामा फागुन १४ देखि १८ गतेसम्म संचालित ५ दिने मेरो कथा मेरो चलचित्र सिर्जनात्मक कार्यशाला सम्पन्न गरेको छ ।


रुकुम, रोल्पा, बाँके, बर्दिया, प्यूठान, कपिलवस्तु र अर्घाखाँचीका १६ बालबालिकाकाहरु सहभागी रहेको कार्यशालामा सिर्जनात्मक लेखन, कथा वाचन, पाठ्यकथालाई दृश्य कथामा रुपान्तरण, छायांकन, सम्पादन, अभिनय लगायत चलचित्र निर्माण सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीपका साथै बाल अधिकार, मिडिया साक्षरता, नेतृत्वकलाबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षकमा निर्देशक एवं नाट्यकर्मी नवराज बुढाथोकी, छायाँकार तिलक गौतम र साहित्य तथा संचारकर्मी छबिलाल कोपिला हुनुहुन्थ्यो ।


कार्यशालामा प्रशिक्षार्थीहरुले नमूना चलचित्रहरु निर्माण तथा प्रदर्शन गरेका थिए । बोर्डको स्थापनाकालमा बालबालिकाका लागि पहिलोपटक आयोजना गरिएको यो कार्यशाला निकै उपलब्धीमूलक रहेको कार्यशाला संयोजक रहेका बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताउनु भयो ।