badapatra


चलचित्र विकास बोर्डमा अभिनय सम्बन्धी पाँच दिने कार्यशाला शुरु

2 years, 7 months ago| Published: Feb. 12, 2024, 2:41 p.m. | Views: 14105

 

चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि कार्यक्रम अन्तर्गत चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी कार्याशाला आजबाट चलचित्र बिकास बोर्डको प्रेक्षालयमा शुरु गरेको छ। बोर्डका सदस्य(सचिव श्री राजेश कुमार थापाले शुभारम्भ गर्नु भएको कार्यशालाका प्रशिक्षक भोलाराज सापकोटा रहेका छन्। कार्यशाला पाँच दिन सम्म सञ्चालन हुनेछ।कार्यशालाको संयोजन बोर्ड सदस्य राजु खत्री क्षेत्रीले गर्नु भएको छ।