चलचित्र विकास बोर्डको २३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

1 year, 5 months ago| Published: July 2, 2023, 1:42 a.m. | Views: 4555

बोर्डको स्थापना वर्ष २०५७ सालदेखि आज २०८० असार १६ गतेसम्म आईपुग्दा चलचित्र विकास बोर्डले सुनौला २३औँ वर्षहरु पार गरिसकेको छ । यस उल्लासमय दिनमा सम्पूर्ण नेपाली चलचित्रकर्मीहरु तथा दर्शकहरुमा हार्दिक बधाईका साथ मंगलमय शुभकामना व्यक्त गर्दछौं ।


नेपाल सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माज्यूको प्रमुख अथित्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष श्री भुवन केसीज्यूले गर्नुभएको थियो ।

 


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा चलचित्र जाँच समितिका अध्यक्ष श्री नेत्र प्रसाद सुवेदीज्यू, सहसचिव श्री अनिल कुमार दत्तज्यू, मन्त्रीज्यूका प्रमुख स्वकिय सचिव श्री हेमराज शर्मा (डायमण्ड)ज्यू, मन्त्रीका विज्ञ सल्लाहकार श्री नरेन्द्र केसीज्यू, पहिलो नेपाली चलचित्रआमाका कलाकारहरु- भुवन चन्द, चैत्यदेवि सिंह, बसुन्धरा भुषाल, अभिनेता शिव श्रेष्ठ, बिशिष्ट कलाकार मिथिला शर्मा, बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, बरिष्ठ साउण्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय, निर्देशक तथा कलाकार दिपाश्री निरौला, बोर्डका सदस्य तथा पदाधिकारीज्यूहरु सदस्य सचिव विशाल सापकोटा, बोर्ड प्रवक्ता तथा सदस्य केएल बुढाथोकी, बोर्ड सदस्यहरू श्रीधर ज्ञवाली, राजु केसीज्यू तथा रबिचन्द्र अधिकारी, चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरू शम्भूजीत बास्कोटा, कृष्ण मल्ल, दयाराम दाहाल, सरोकारवाला संघ, संस्थाका प्रतिनिधिहरू नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक बहादुर कार्की, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पूर्खाजित राई, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी लगायत अन्य कलाकार, मिडियाकर्मी तथा चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


प्रमुख अतिथि माननीय मन्त्री रेखा शर्माज्यूले क्ल्याप हानेर कार्यक्रम समुद्घाटन गर्नुभएको थियो ।

 


चलचित्र विकास बोर्डका प्रवक्ता तथा सदस्य श्री केएल बुढाथोकीज्यूले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सुरूवात नेपाल चलचित्र नृत्य संघद्वारा तयार पारिएको सामुहिक नृत्यबाट गरिएको थियो । चलचित्र विकास बोर्डको आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रगति विवरण र बोर्डको भावी योजना बारे बोर्डका सदस्य सचिव तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव श्री विशाल सापकोटाले प्रस्तुत गर्नुभयो । बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा श्रव्यदृश्य माध्यममबाट माननीय मन्त्री रेखा शर्मासहित सरोकारवाला संघ, संस्थाका बिशिष्ट व्यक्तित्वहरुले दिनुभएको शुभकामना सन्देश प्रस्तुत गरियो ।

 

नेपाललाई फिल्मिङ् डेस्टिनेशनको रुपमा प्रवर्द्धन गर्न मद्दत पुर्याउने उद्देश्यसहित बोर्डले तयार गरेकोगण्डकी प्रदेशको वृत्तचित्र प्रदर्शन गरिएको थियो । लचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा नेपाललाई प्रवर्द्धन गर्ने हेतुले श्रव्यदृश्य सामग्री निर्माणको पहिलो चरणमा निर्माण गरिएको वृत्तचित्रमा गण्डकीका सम्भावित छायांकनस्थलहरु कैद गरिएको थियो । सो सामग्रीलाई बोर्डले प्रथम पटक अन्तराष्ट्रिय स्तरमा संयुक्त अरब ईमिरेट्समा आयोजना भएको नेपाल सिनेमा फेस्टमा सार्वजनिक गरिएको थियो । उक्त श्रव्यदृश्य सामग्री सुयोग गुरुङले निर्देशन गर्नुभएको हो ।

 


कार्यक्रममा बोर्डका निम्न तीन जना कर्मचारीहरूलाइ २०७९ सालको वर्ष कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिएको थियोः

-          उत्कृष्ट कर्मचारी पुरस्कार, राशि जनही रु.१५,०००।

-          कार्यालय सहयोगी गंगा थापा र अधिकृत हरिसिंह रैखोला

-          सर्वोत्कृष्ट कर्मचारी पुरस्कार, राशि रु.२५०००। सहित नायब सुब्बा सिता कुमारी ढुंगेल ।

 


लोकप्रिय गायिका अस्मिता अधिकारीले पुराना तथा नयाँ चर्चित गीतहरू समावेश गरी गायन प्रस्तुति दिएकी थिइन् । 



चलचित्र विकास बोर्डको बार्षिक प्राज्ञिक प्रकाशनचलचित्र मञ्चको २०७९ अंकको लोर्कापण प्रमुख अतिथि माननीय मन्त्री रेखा शर्माज्यू, बोर्डका कार्यकारी अध्यक्ष श्री भुवन केसी, मन्त्रालयका सह सचिव नेत्रप्रसाद सुवेदी सदस्य सचिव श्री विशाल सापकोटाज्यू, र चलचित्र मञ्चका संयोजक तथा बोर्ड सदस्य श्री रबिचन्द्र अधिकारीज्यूले गर्नुभयो ।

 


.. २०७९/८० को लागि स्टोरी बैंक अन्तर्गत उत्कृष्ट ठहरिएका ६ कथानक तथा उत्कृष्ट ६ लघु चलचित्रका कथा लेखकलाई माननीय मन्त्रीज्यू, बोर्ड अध्यक्ष, सदस्य सचिव विशाल सापकोटा र बोर्ड प्रवक्ता एवं स्टोरी बैंकका संयोजक केएल बुढाथोकीबाट प्रोत्साहन रकम र प्रमाणपत्र प्रदान गरिएको थियो ।

 


यसै बर्षबाट सुरुवात भएको राष्ट्रिय लघु चलचित्र प्रतियोगितामा सहभागिता जनाउनुभएकालाई मन्त्रीज्यू, बोर्ड अध्यक्ष, सदस्य सचिव र बोर्ड सदस्य एवं लघु चलचित्र प्रतियोगिताका संयोजक राजु केसीज्यूबाट प्रमाण पत्र तथा मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला सँस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरु मध्ये उत्कृष्ट तीन चलचित्रहरुलाइ क्रमशः प्रथम, द्वितिय र तृतिय गरी रु. एक लाख पचास हजार, रु. एक लाख र रु. पचहत्तर हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरु, बिशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ ।

 


कार्यक्रमको आकर्षणको रूपमा - प्रथम 'बुगी वुगी नेपाल' डान्स रियालिटी शोकी विजेता, चर्चित नृत्यांगाना कविता नेपाली ले नृत्य प्रस्तुती गर्नुभएको थियो ।

 


स्टोरी बैंक कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको नेपाली कथानक चलचित्र 'काँडेतार'लाई प्रोत्साहन स्वरुप बोर्डले  सो चलचित्रको निर्माण कम्पनी सामना फिल्मसलाई रु. १० लाख प्रदान गरेको थियो ।

 

यसै कार्यक्रममा आ..२०७९।८० मा बोर्डबाट निर्माण भएको चलचित्रजन्य पाइरेसीको श्रव्यदृष्यको प्रदर्शनी समेत गरिएको थियो । यस श्रव्यदृश्य सामग्रीलाई नेपालमा हरेक चलचित्र हलहरुमा चलचित्र सुरु हुने समयमा प्रदर्शन गर्ने योजना रहेको छ ।

 


चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु मध्येबाट श्री कृष्ण मल्लले शुभकामना मन्तव्य दिनुभएको थियो ।


प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माज्यूले चलचित्र विकास बोर्डका कार्यक्रम तथा गतिविधिलाइ व्यवस्थित गर्न बोर्डबाट प्रस्तावित मस्यौदा ऐन छिट्टै पारित गर्न पहल गर्ने बताउनुभयो ।


२३औँ वार्षिकोत्सव समारोहका सभाध्यक्ष तथा बोर्डका कार्यकारी अध्यक्ष श्री भुवन केसीले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।


समारोहको उद्घोषण बोर्डका प्रेस संयोजक जीवन कुमार पराजुलीले गर्नुभएको थियो ।