| अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चलचित्रकर्मीहरुलाई पुरस्कृत एवं सम्मान कार्यक्रम सम्पन्न
2 years, 3 months ago |
| बालबालिकाका लागि बोर्डको पहिलो कार्यशाला "मेरो कथा मेरो चलचित्र" सम्पन्न
2 years, 3 months ago |
| चलचित्र विकास बोर्डमा अभिनय सम्बन्धी पाँच दिने कार्यशाला शुरु
2 years, 4 months ago |
| राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० सम्पन्नः २०८० भाद्र १२
2 years, 9 months ago |
| Formation and Operation of the International Feature Film Selection Committee (Nepal) – IFFSCN
2 years, 1 month ago |
आदिवासी जनजाति मातृभाषी चलचित्रको प्रवर्द्धन, विकास तथा विस्तार गर्ने उद्देश्यले सातदिवसीय छायाङ्कन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। उक्त तालिम चलचित्र विकास बोर्डको सहयोग तथा माझी चलचित्रकर्मी सङ्घको आयोजनामा सम्पन्न भएको हो।
काठमाडौँको कपनस्थित मिलनचोक पाटीभेनुमा सञ्चालन गरिएको उक्त तालिममा विभिन्न जातीय तथा मातृभाषी चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको सहजीकरण नेवा फिल्म सोसाइटी का अध्यक्ष लुज: सिंहले गर्नुभएको थियो।
कार्यशालाको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गर्नुभएको थियो भने समापन कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासङ्घका कार्यवाहक अध्यक्ष भुइसाल लामा, चलचित्र विकास बोर्डकी अधिकृत अप्सरा समाल लगायत विभिन्न जातीय चलचित्रकर्मी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका बारेमा जानकारी दिँदै विवस माझीले यस्तो प्रकारको तालिमले मातृभाषी चलचित्रको गुणस्तर अभिवृद्धि गर्नुका साथै नयाँ प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याेउने विश्वास व्यक्त गर्नुभयो।यस कार्यशालाले आदिवासी जनजाति समुदायका चलचित्रकर्मीहरूलाई प्राविधिक ज्ञान, सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुर्यााउने अपेक्षा गरिएको छ।




