| अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चलचित्रकर्मीहरुलाई पुरस्कृत एवं सम्मान कार्यक्रम सम्पन्न
2 years, 3 months ago |
| बालबालिकाका लागि बोर्डको पहिलो कार्यशाला "मेरो कथा मेरो चलचित्र" सम्पन्न
2 years, 3 months ago |
| चलचित्र विकास बोर्डमा अभिनय सम्बन्धी पाँच दिने कार्यशाला शुरु
2 years, 4 months ago |
| राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० सम्पन्नः २०८० भाद्र १२
2 years, 9 months ago |
| Formation and Operation of the International Feature Film Selection Committee (Nepal) – IFFSCN
2 years, 1 month ago |
चलचित्र विकास बोर्डले आज एक विशेष कार्यक्रमका बीच १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ। २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो।
कार्यक्रमको अध्यक्षता चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला रहेका थिए ।
यसअघि ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’** प्रदान गरिएको थियो। बोर्डले यसै आर्थिक वर्षदेखि विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक रु. १ लाख ५० हजार बराबरको स्वास्थ्य उपचार बीमा तथा सामान्य चलचित्रकर्मीहरूका लागि रु. ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम भएको बताए । उनले भने चलचित्रकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशील रहन प्रतिबद्ध छ ।
यस अवसरमा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्ने चलचित्रकर्मीहरुको विवरण