Car/Jeep 5 hours (67 kms to Yarsa)
Bus 2
hours (45 kms to Melamchi)
3 hours (22 kms to Yarsa)
Walk 8 hours (Yarsa to Nosyam Pati)
3 hours (Nosyam to Paanchpokhari)
Panch Pokhari (4,150 m) is located nearby Kathmandu
valley. It lies in the Thangpal Rural Municipality-3 of Sindhupalchowk
district. The place comprises five water bodies and is surrounded by mountains
on all sides. Jugal is to the east of the
lake, Helambu village to the west and Langtang National Park to the
north.
The main lake of Panch Pokhari is larger than the others.
Through the main lake, the captivating view of the Gauri
Shankar, Jugal and Dorje Lakpa snow-capped mountains can be
seen while ascending a steep hill (4,200 m) to the north. From the hill, the
view of Panch Pokhari is enchanting.
The origin of the Indravati River, Panch Pokhari
is located in Simsar. While travelling during monsoon, one will be welcomed by
colourful flowers on the green hills. The Tamang community lives in the
Panch Pokhari area. Hindu and Buddhist faith are practiced. Every year in
August, a fair is organised in Panch Pokhari from Ekadashi to Janai Purnima. It is the
festival when Hindus take a sacred bath in the holy lake. There are many
temples and waterfalls in Panch Pokhari. Pilgrims dance during Janai Purnima festival. The Tamang community also performs
traditional dances like bombo, dumfu, jhakri, etc.
On the Panch Pokhari trekking trail, Nosyam Pati at 3,650 m has
hotel facilities. Other than that there are no other hotel options in Panch
Pokhari. During the fair, villagers open their homes and yards as temporary
stop with food and shelter facilities.
While travelling from Kathmandu, on the first day Bhotang
can be reached by jeep. Second day, a trek to Nosyam Pati is possible. On the
third day, a three hour trek from Nosyam Pati leads to Panch Pokhari.
Best time to visit Panch Pokhari is from mid-August to
mid-November.
How to reach
By road: Kathmandu - Melamchi is 45 km. Melamchi to Yarsa (Bhotang) is 22 km. Nosyam Pati is an eight hour trek from Yarsa. It takes a three hour trek from Nasim Pati to Panch Pokhari.
पाँचपोखरी
काठमाडौं
नजिकैको गन्तव्य हो पाँचपोखरी (४,१५० मि.) ।
सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल गाउँपालिका–३ मा पर्दछ पाँचपोखरी । त्यहाँ एकै ठाउँमा पाँचवटा पोखरी छन् । वरिपरि डाँडाले
घेरिएको, बीचमा पोखरी ।
पोखरीको पूर्वमा जुगल, पश्चिममा
हेलम्बु गाउँपालिका र उत्तरमा लाङटाङ राष्ट्रिय निकुञ्ज पर्छन् ।
पाँचपोखरीको
मूल कुण्ड अरूभन्दा ठूलो छ । मूल कुण्डको बाटो हुँदै उत्तरतर्फका अग्लो डाँडा (४,२०० मि.) चढेमा उत्तरपूर्वमा गौरीशंकर, जुगल र दोर्जेलाक्पा हिमशृङ्खला नजिकै देखिन्छ । डाँडाबाट
पाँचपोखरीको बेग्लै मुहार देखिन्छ ।
इन्द्रावती
नदीको उद्गमस्थल पाँचपोखरी विश्वकै अग्लो स्थानमा रहेको सीमसार क्षेत्रमा पर्दछ ।
कुण्डमा हाँसका बथान डुबुल्की मार्छन् । मनसुनी याममा यात्रा गर्दा हरिया डाँडामा
रंगविरंगका फूलले स्वागत गर्छन् ।
पाँचपोखरी
क्षेत्रमा तामाङ समुदायको बसोबास छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचपोखरी
हिन्दू र बौद्ध धर्मावलम्बीको साझा आस्था केन्द्र हो । हरेक वर्ष भाद्र शुक्लपक्ष
पुत्रदा एकादशीदेखि जनै पूर्णिमासम्म पाँचपोखरीमा मेला लाग्छ । मेला भर्न पुगेका
हिन्दूहरू कुण्डमा स्नान गरेर मेला भर्छन् भने तामाङ समुदाय ‘गोन्ह्य’ पर्व मनाउँछ ।
पाँचपोखरीमा
मन्दिर र झरना पनि छ । जनै पूर्णिमा मेलामा तीर्थालुहरू नाचगान गर्छन् । तामाङ
समुदायले बोम्बो, डम्फु, झाँक्री नाच लगायत प्रदर्शन गर्छन् ।
पाँचपोखरी
पदमार्गको नोस्याम पाटी (३,६५० मि.) मा
होटल सुविधा छ । पाँचपोखरीमा होटल छैन, गोठ मात्र छ । मेलाका बेला गाउँलेले अस्थायी टहरा बनाएर खाना र बासको व्यवस्था
मिलाउँछन् ।
काठमाडौंबाट
यात्रा गर्दा पहिलो दिन गाडीमा यार्सा, दोस्रो दिन पदयात्रा सुरु गरेर नोस्याम पाटीमा बास बस्नुपर्छ । तेस्रो दिन
नोस्याम पाटीबाट तीन घण्टा पदयात्रामा पाँचपोखरी पुगिन्छ ।
भदौदेखि
कात्तिकसम्म पाँचपोखरी घुम्ने उत्तम समय हो ।
कसरी पुग्नेः
काठमाडौंको जोरपाटी, नारायणटारबाट
सिन्धुपाल्चोकको मेलम्चीसम्म ४५ कि.मि. । मेलम्चीबाट यार्सा (भोताङ) सम्म २२
कि.मि. । यार्साबाट ८ घण्टा पदयात्रामा नोस्याम पाटी । नोस्याम पाटीबाट ३ घण्टा
पदयात्रामा पाँचपोखरी पुगिन्छ ।