/ Namo Buddha


PLACES NEARBY: | Balthali | Dapcha | Patlekhet |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        1 h 30 minutes (42 kms)

Bus                1 hour (30 kms to Dhulikhel)
      
30 minutes (12 kms to Namo Buddha from Dhulikhel)


The main four pilgrimage sites of Buddhist within Nepal include the Boudhanath, Swayambhunath, Namo Budha and Lumbini.

Known by Tibetans as Takmo Lu Jin, meaning “Tigress Body Generosity”, the Namo Buddha stupa marks the site where a young prince (in some versions, the Buddha himself) encountered a tigress close to starvation and unable to feed her own cubs. Overcome with compassion, the prince allowed the tigress to consume him and thereby feed her cubs.

A small shrine, a few minutes walk uphill from the stupa contains statues of the prince together with the tigress and her cubs.

The place is a confluence of spirituality, nature and culture. Cool, calm and clean. Monks dressed in pink. The buildings of the chaitya, monastery, hostel, library, clinic etc make the hill a colourful place.

On the other side of the hill stands the Thangu Tashi Yangtse monastery constructed in 1976. The colorful monastery that looks like a village in the upper Shyampati VDC is led by Guru Thangu Rinpoche. Thangu Tashi Yangtse monastery has become the center of Buddhist philosophy study. Meditation classes also run here. Gumba area’s Shree Mangal Deep School teaches up to grade nine. The Thangu Clinic in Gumba area provides a five-year course in astrology, ayurveda and herbs.

Newars of Kathmandu Valley come here during Kartik Purnima and Buddha Purnima. The festivities are especially filled with Newar and Tamang communities. On the eve of the full moon, Newar community lights up candles here. The next day they return to worship. Tamangs also spend the night on the full moon day.

Sunrise and sunset views are mesmerising from the mountain. From Namo Buddha, mountains like Makalu, Cho Oyu, Gaurishankar, Dorje Lakpa, Langtang, Ganesh, Manaslu and Ama Dablam are visible. It is less likely to see any mountain during monsoon.

The best time to visit Namo Buddha is from mid-September to mid-December.

 

How to reach

      By road: Kathmandu-Dhulikhel is 30 km. Further, 12 km from Dhulikhel lies Namo: Buddha. Bus departs from Banepa every hour from 9am-5pm. 


नमोः बुद्ध

नेपालभित्र पर्ने बौद्धमार्गीका प्रमुख चार तीर्थस्थलमा काठमाडौंको बौद्धनाथ, स्वयम्भू, काभ्रेको नमोबुद्ध र लुम्बिनी पर्छन् । काभ्रेको श्यामपाटीमा शाक्यमुनि गौतमबुद्धको पूर्वजन्म भएको थियो । त्यही उनले बघिनिलाई शरीर दान गरेका थिए । त्यही ठाउँलाई नमोःबुद्ध भनिन्छ ।

अध्यात्म, प्रकृति र संस्कृतिको संगम । शीतल, शान्त र स्वच्छ । हावामा फर्फराइरहेका धज्र्यू र लुङदार । गुलाफी वस्त्रमा सजिएका भिक्षु । चैत्य, गुम्बा, होस्टेल, लाइब्रेरी, क्लिनिक आदिका भवनले डाँडै रंगीन ।

नमोःबुद्धमा दुई खण्ड छ । तल गहिरोमा नमोबुद्ध चैत्य छ । त्यसको नजिकै कुदुङ टासी छोलिङ गुम्बा छ । माथि कोटडाँडामा गाउँ जस्तै देखिने रंगीन गुम्बा गुरु ठाङ्गु रिम्पोछेको अगुवाइमा बनेका हुन् । ठाङ्गु टासी याङ्चे गुम्बा बौद्ध दर्शन अध्ययन केन्द्र बनेको छ । त्यहाँ ध्यान कक्षा चलाइन्छ । गुम्बा हाताको मंगलदीप स्कुलमा कक्षा नौसम्म पढाइ हुन्छ । गुम्बाकै आम्ची क्लिनिकमा ज्योतिष, आर्युवेद र जडीबुटी सम्बन्धी पाँच वर्षे पढाइ हुन्छ ।

कात्तिक पूर्णिमा र गुलाँ पर्वमा काठमाडौं उपत्यकाका नेवार यहाँ आउँछन् । गुलाँ पर्व महिना दिनसम्म चल्छ । कात्तिक पूर्णिमा मेला विशेषतः नेवार र तामाङले भर्छन् । पूर्णिमाको अघिल्लो दिन नेवारले यहाँ रातभर बत्ती बाल्छन् । भोलिपल्ट पूजा गरेर फर्कन्छन् । पूर्णिमाका दिन आएका तामाङ पनि रात बिताउँछन् । बत्ती बाल्दा पितृलाई शान्ति मिल्ने जनविश्वास छ ।

डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न पाइन्छ । नमोःबुद्धबाट मकालु, चोयू, गौरीशंकर, दोर्जे लाक्पा, लाङटाङ, गणेश, मनास्लु र अमादब्लम लगायत हिमाल देखिन्छन् । बर्खामा हिमाल देख्ने सम्भावना कम हुन्छ ।

नमोःबुद्ध घुम्ने उत्तम समय असोजदेखि मंसिरसम्म हो ।

कसरी पुग्नेः

काठमाडौंबाट धुलिखेल ३० किलोमिटर । धुलिखेलबाट करिब १२ किलोमिटरमा नमोःबुद्ध । बनेपाबाट बिहान नौदेखि साँझ पाँच बजेसम्म प्रत्येक घण्टामा दाप्चा जाने बस छुट्छन् । ती बसमा जाँदा नमोःबुद्ध चोकमा ओर्लने ।



Gallery