Among the 8,000 m high mountains, Annapurna was the first one to be climbed. The French nationals Maurice Herzog and Luis Lecanen climbed Annapurna I (8,091 m) on June 3, 1950. Not only the mountain but also the base camp is impressive.
The Annapurna is situated in Annapurna Rural Municipality-11 of Kaski district. The basement camp at the southern end of Annapurna I is bowl-shaped. It is surrounded by Annapurna ranges, Gangapurna, Fishtail and Himchuli mountains. In fact, there are seven mountains in the Annapurna range- Annapurna 1 to 5, Annapurna South and Annapurna East. The mountains shine during sunrise and sunset. Annapurna Base Camp (4,130 m) has a glacier. The source of the Modi river is Annapurna. At the foothills, the river water freezes. Different views of Fishtail mountain can be witnessed while uphill and downhill trek.
The trail falls in the Annapurna Conservation Area Project (ACAP). The trek to Annapurna Base Camp begins from Ghandruk village. On the way, Rhododendron forest, hot spring water, waterfalls and villages are located. The last village on the trail is Tilche. The Gurung community lives in this area. There is no settlement above Tilche village except the hotels. The base camp is reached on the fourth day trek from Pokhara. While returning back it takes three days.
The best time to visit Annapurna Base Camp is from mid-September to mid-December.
How to reach
अन्नपूर्ण आधारशिविर
संसारका ८ हजार मिटर अग्ला पर्वतहरूमा सबैभन्दा पहिले आरोहण गरिएको हिमाल अन्नपूर्ण हो । फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लेकेननले ३ जून १९५० मा अन्नपूर्ण प्रथम (८,०९१ मिटर) आरोहण गरेका थिए । हिमाल त सुन्दर छँदैछ त्यसको आधारशिविर झन् चित्ताकर्षक छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ मा पर्दछन् अन्नपूर्ण हिमशृङ्खला । अन्नपूर्ण प्रथमको दक्षिणी मोहडामा रहेको आधारशिविर कचौरा आकारको छ । यसको वरिपरि अन्नपूर्ण हिमशृङ्खला, गङ्गापूर्ण, माछापुच्छे« र हिउँचुली हिमाल उभिएका छन् । अन्नपूर्ण शृङ्खलामा अन्नपूर्ण–१ देखि अन्नपूर्ण–५, अन्नपूर्ण साउथ र अन्नपूर्ण इष्ट गरी सातवटा हिमाल छन् । घाम अस्ताउने बेला र सूर्योदयमा हिमाल रङ्गीन देखिन्छन् । अन्नपूर्ण आधारशिविर (४,१३० मिटर) मा फाँट र ग्लेसियर छन् । मोदी खोलाको मुहान हो अन्नपूर्ण । हिमालको फेदतिर खोलामा पानी जमेर बरफ बन्छ । उकाली–ओराली गर्दा माछापुच्छे« हिमालको फरक–फरक स्वरूप देख्न पाइन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्छ पदमार्ग । घान्द्रुक गाउँबाट आधारशिविरसम्मको पदयात्रा सुरु हुन्छ । पदमार्गमा गुराँसे जङ्गल, तातोपानी कुण्ड, झरना र गाउँ छन् । पदमार्गको अन्तिम गाउँ तिल्चे हो । यस क्षेत्रमा गुरुङ समुदायको बसोबास रहेको छ । तिल्चे मास्तिर होटलबाहेक बस्ती छैन । पोखराबाट निस्केको चौथो दिनमा आधारशिविर पुगिन्छ । त्यहाँबाट पोखरा फर्कन तीन दिन लाग्छ । असोजदेखि मंसिरसम्म अन्नपूर्ण पदयात्रा गर्ने उत्तम समय हो ।
कसरी पुग्ने:
काठमाडौं–पोखरा (२०० कि.मि.) पुग्न गाडीमा ६ घण्टा लाग्छ भने हवाई यात्राबाट २५ मिनेट । पोखराबाट नयाँपुल हुँदै घान्द्रुकसम्म ६७ कि.मि.को बाटो गाडीमा ३ घण्टा लाग्छ । घान्द्रुकबाट चार दिनको पदयात्रामा अन्नपूर्ण आधारशिविर पुगिन्छ । पोखराबाट आधारशिविरसम्म टिकटमा हेलिकोप्टर सुविधा पनि छ ।