८९औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्) प्रतियोगिताको विदेशी भाषी चलचित्र विधामा सहभागिता सम्बन्धमा
8 years, 4 months ago |
८६औं अस्कर अवार्डमा छनोटका लागि नेपाली चलचित्रको माग
11 years, 6 months ago |
९०औं अस्कर अवार्डको लागि नेपाली चलचित्र आवेदन माग
7 years, 5 months ago |
९१औं अस्कर अवार्ड प्रतियोगिताको विदेशी भाषी चलचित्र विधामा सहभागी गराउने बारे सूचना
6 years, 4 months ago |
Call for Nepalese feature films to submit for the selection on 95th Annual Academy Awards (Oscars) International Feature Film Section
2 years, 4 months ago |
Facebook: http://www.facebook.
+9779851029200
मितिः २०७५।५।२०
प्रेस विज्ञप्ती
द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेस्द्वारा सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९१औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने निर्णय भएको छ ।
उक्त पुरस्कारको प्रतियोगितामा विदेशी भाषी चलचित्र विधामा सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध पत्र प्राप्त भएकाले ९१औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०१८ सेप्टेम्बर १४ तारिख अर्थात् मिति २०७५ भदौ २९ गते शुक्रबार दिनको ०१M०० बजेभित्र यस समितिको सचिवालयमा दर्ता गराउनु हुन यस समितिको मिति २०७५ भदौ १९ गतेको निर्णयानुसार यो छनोट समिति आह्वान गर्दछ ।
– प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र वि.सं. सन् २०१७ अक्टोबर १ तारिख अर्थात् वि.सं. २०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ (सन् २०१८ सेप्टेम्बर ३०) गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ ।
दरखास्तका साथमा निम्न कागजात र तिनका सफ्टकपी समेत उपलब्ध गराउनु पर्नेछः
– निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् सिनेमामा देखाइएको क्रममा),
– अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश,
– निर्देशकको फिल्मोग्राफी र फोटो,
– सम्बन्धित चलचित्रका ३ देखि ५ वटा स्थिर फोटाहरू (Still Photographs),
– चलचित्र रिलिज् हुँदाको एउटा पोस्टर (600dpi tif format, RGB Color mode, 40"x27")
– चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू लगायतका माथि उल्लेखित सम्पूर्ण विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउन हुन अनुरोध गरिन्छ ।
यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको सचिवालयमा सम्पर्क गर्न सकिनेछ ।
सचिवालयको ठेगानाः
एकेडेमी अवार्डस् (द अस्कर), विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल), काठमाडौं
सम्पर्कः ९८६५००४४५५ (अध्यक्ष) वा ९८५१०२९२०० (सचिव)
ई–मेलः chirangb@gmail.com
फेसबुकः https://www.facebook.com/
91st Oscars 2019 Film Selection Committee (Nepal)
Chairperson- Mr. Bimal Paudel, Film Director, Actor, prashannabimal@gmail.com, +9779851104454
Member- Mr. Chiranjibi Guragain, Film Archivist, Curator, Film Director, Film Festival Expert, Information & International Relations Officer, Film Development Board, chirangb@gmail.com, +9779851029200
Member- Mr. Laxmi Nath Sharma Film Director, Scriptwriter; (Ex-Chairperson-Film Directors Guild of Nepal), laxminath755@gmail.com, +9779841355347
Member- Mr. Lokendra Parajuli'Kapil' DI Colorist, Engineer, Digital Cinema Generalist, kapilp@mail.ru, 9851152745
Member- Mr. Pradeep Kumar Upadhyay, Sound Engineer, Film Director, Sound Expert, upadhaypk@hotmail.com, +97798510422997
Member- Mr. Rajendra Shalabh Film Director, Scriptwriter, Lyricist, Poet, rshalabh@gmail.com, +9779851040071
Member- Mr. Raju Bickram Thapa, Cinematographer, rnb177@yahoo.com, +9779851072681
Member- Mr. Samipya Raj Timalsana, Film Critics, Scriptwriter, Film Journalist
चिरञ्जीवी गुरागाईं
सचिव