बोर्डको प्रेश विज्ञप्ती

चलचित्र विकास बोर्डले मिति २०७२।८।१६ गते बुधवारका दिन पत्रकार सम्मेलनमा गरेका निर्णयहरु

नेपाल सरकार
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड

प्रेस विज्ञप्ती
मिति ः २०७२।८।१६
आदरणीय पत्रकार महोदयहरू,

नेपाली चलचित्र क्षेत्रको विकास प्रवद्र्धन एवं विस्तार गर्न गठित चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको अभिभावकत्व भूमिका खेल्दै आइरहेको व्यहोरा यहाँहरुलाई अवगतै छ । नेपाली चलचित्र क्षेत्रमा क्रियाशील चलचित्रकर्मीहरुको पेशागत हक हितको संरक्षण गर्नु, स्रष्टा एवं सर्जकहरुको सिर्जनाको संरक्षण गर्नुका साथै बदलिदो समय र परिस्थिति सँगै यस क्षेत्रमा देखिएका समस्या र चुनौतिहरुलाई सम्बन्धित सरोकारवाला निकायहरु बीच समन्वय एवं सहजिकरण गर्ने दायित्व पनि बोर्डको रहँदै आएको छ ।

सरोकारवाला सङ्घ संस्थाहरूको परामर्श तथा छलफल समेतको आधारमा चलचित्र विकास बोर्डबाट चलचित्र क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनका लागि गरेका निर्णय तथा सम्पादन गरेका कार्यहरु सम्बन्धमा सम्मानित प्रेस मार्फत् जानकारी गराउँदै आएको व्यहोरा यहाँहरुलाई जानकारी भएकै विषय हो । यसै सन्दर्भमा चलचित्र विकास बोर्डले निम्न विषयहरु सम्मानित प्रेस मार्फत् सार्वजनिक गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

यस कार्यक्रम मार्फत् बोर्डबाट हालै सम्पादन भएका निम्न विषयहरु सार्वजनिक गरिएको व्यहोरा अनुरोध छ ः

१)    चलचित्रघरहरूमा चलचित्र प्रदर्शन गर्नु पूर्व राष्ट्रिय गान बजाउने सम्बन्धमा ः
एकता र राष्ट्रियताको सन्देश प्रवाह गर्ने सन्दर्भमा नेपालभरका सबै चलचित्रघरहरूमा चलचित्र प्रदर्शन शुरु हुनु अगावै राष्ट्रिय गान बजाउने व्यवस्था गर्ने सम्बन्धमा छलफल हुँदा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ९ को उपदफा (२) मा भएको व्यवस्था बमोजिम चलचित्र विकास बोर्डले द्दप् तथा ःएभ्न् भर्सनमा राष्ट्रिय गानको श्रव्यदृश्य सामाग्री निर्माण गरी नेपाल चलचित्र संघ तथा चलचित्रघरहरुलाई उपलब्ध गराउने तथा संघले सबै चलचित्रघरहरुलाई कार्यान्वयनका लागि पत्राचार गर्ने सहमति भएको छ ।

२)    स्वदेशी चलचित्रको शेयर बाँडफाँड सम्बन्धमा ः
चलचित्रघरहरुमा स्वदेशी चलचित्रहरु प्रदर्शन गर्दा चलचित्र निर्माता, प्रदर्शक र वितरकबीच शेयर बाँडफाँड गर्दा केही मल्टिप्लेक्स चलचित्रघरहरुले शेयरको बाँडफाँडमा विभेदकारी ढंगले बाँडफाँड गर्ने गरेको पाईएको हुँदा यस सम्बन्धमा स्वदेशी चलचित्रहरूको प्रदर्शनमा (विशेष गरी मल्टिप्लेक्स हलहरूमा) हाल कायम रहेको शेयर बाँडफाँड प्रतिशतमा संशोधन गर्न आबश्यक ठानी बोर्डले चलचित्र संघ र बोर्डबीच विभिन्न चरणमा छलफल भई मिति २०७२।८।१५ गते बोर्डमा चलचित्र संघका पदाधिकारीहरुसँगको छलफलबाट प्रचलित ब्यावसायिक प्रचलन अनुसार तथा दुबै पक्षको सहमतिमा निम्नानुसार पहिलो हप्ता ५०%, दोस्रो हप्ता ४२.५%, तेस्रो हप्ता ३७.५% र त्यस उप्रान्त ३०% का दरले बाँडफाँड गर्ने सहमति भएको छ ।

३)    स्वदेशी चलचित्रको प्रचार शुल्क सम्बन्धमा ः
स्वदेशी चलचित्रको प्रचार प्रसारका लागि मल्टिेप्लेक्स चलचित्रघरहरुले सोही चलचित्रघरमा प्रदर्शन गरिने चलचित्रको प्रचार प्रसार गर्दा निर्माताहरुबाट अलग्गै शुल्क समेत लिने गरेको सन्दर्भमा नेपाल चलचित्र संघसँग विभिन्न चरणमा छलफल हुँदा अब उप्रान्त कम्तीमा दुई हप्तासम्मको प्रचार प्रसार निःशुल्क गर्ने सहमति भएको छ ।

४)    विशेष चलचित्र छनौट गरिएको सम्बन्धमा ः
बोर्डले मिति २०७१ बैशाख १ गतेदेखि २०७१ चैत्र मसान्तभित्र केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भएका नेपाली चलचित्रहरुलाई विशेष चलचित्र छनौटको लागि आवेदन आव्हानका लागि    सूचना प्रकाशित गरेकोमा आवेदन पर्न आएका चलचित्रहरुमध्येबाट दुईवटा नेपाली चलचित्रहरु सुनपानी र १२ नेपाली एक चिहान लाई विशेष चलचित्रमा छनौट गरिएको ।

धन्यवाद ।

                                                                        Quick Contact

Film Development Board
GPO Box 4400
Chabahil, Kathmandu, Nepal
Tel.: +977 1 4812332, 4812387
Fax: +977 1 4812360
Email: fdbnepal@gmail.com
URL: www.film.gov.np